सिरहा,फल्गुन ५ गते । सिरहास्थित धनगढीमाई नगरपालिका सिरहामामा बढ्दो वेथिति, विसंगति, भ्रष्टाचार र अकर्मन्यता चाङ् लागेको भन्दै नगर प्रमुख शिवशंकर महतोलाई नेकपा माओवादी केन्द्र धनगढीमाई नगरसमितिले ध्यानाकर्षण पत्र बुझाएको छ ।

समितिले बुझाएको ध्यानाकर्षण पत्रमा किसानहरुको कृषि मिटर विद्युत महसुल तिरिदिनुपर्ने, अवैध रुपमा उत्खनन् गरिरहेको ग्राभेललाई राजश्वको दायरामा ल्याउनुपर्ने, नयनपुर अस्पताल र प्राकृतिक अस्पताललाई गुणस्तरीय वृद्धि र सेवा प्रवाह दिनुपर्ने, सार्वजनिक शिक्षामा सुधार ल्याउनुपर्ने, नगरपालिकाको विकासलाई पारदर्शि गर्नुपर्ने लगायत समावेश छन् ।

धनगढीमाई नगरपालिकाका निवर्तमान नगर प्रमुख एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिनारायण चौधरीले नगर कार्यपालिकाले आफैले गरेका निर्णयहरु समेत पालना गर्न वेवास्ता गर्दै आइरहेकाले त्यसको मार प्रत्यक्ष रुपमा स्थानीय जनताहरुमा परिरहेकाले  उक्त खालका ध्यानाकर्षण पत्र बुझाउनुपर्ने वाध्यता भएको वताउनुभयो । उहाँले ध्यानाकर्षण पत्रमा उल्लेख भएका कुराहरु नगर कार्यपालिकाले निर्णय गरेका विषयवस्तुहरु समाविष्ट छ त्यसैले उक्त निर्णयहरु पालना गर्न ध्यानाकर्षण मात्र गराएका हुन् चौधरीले भन्नुभयो मागहरुलाई सम्बोधन हुने गरी काम अगाडि नबढे जनताको तर्फबाट चरणबद्ध आन्दोलन गर्न पछि नहट्ने उहाँले उल्लेख गर्नुभयो । 

vlcsnap-2025-02-17-11h45m00s128

धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले समितिको ध्यानाकर्षण बुझ्दै प्रमुख प्रशासकीय अधिकृतहरुको छिटो छिटो अदला बद्लीले ती विषयहरु नगरपालिकाले निर्णय गरेको भए पनि कामहरु अगाडि नबढेको स्वीकार्दै भएका त्रुटीहरुलाई सच्याउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरपालिकाको आर्थिक मितव्ययितामा उदासिनता, विकास निर्माणमा चरम लापरवाही, भ्रष्टाचारीको पक्षपोषण लगायतका कारण आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनको नतिजा ६१.५० भए पनि आर्थिक वर्ष २०८०÷०८१ मा घटेर ४३.४ अंकमा खुम्चिएको छ । चालु आर्थिक वर्षको सात महिनाको प्रगति शुन्य प्रायः देखिएको छ । 

MOWhatsApp Image 2025-02-16 at 6.17.58 PM

vlcsnap-2025-02-17-11h47m59s816