सिरहा,माघ २७ गते । सिहाको धनगढीमाई नगरपालिका वडा नं. ५ स्थित राज देवी मेलाको अवसरमा कलश यात्रा सम्पन्न गरेको छ ।

प्रत्येक वर्ष लागने राजदेबी मन्दिर मेलामा प्रत्येक वर्ष झै यस वर्ष मेलाको पहिलो दिन हजारौ कलश यात्रीहरुको सहभागितामा कलश यात्रा भव्य रुपमा सम्पन्न गरेको  छ ।

हजारौ कलश यात्रीहरुको सहभागिता रहेको कलश यात्रीहरु दुधहा भवडीमा कलश भरी १५ लगभग किलो मिटर पैदल यात्रा गर्दै राजदेवी मन्दिरको प्रङ्गनमा स्थापना गरेका थिए ।

कलश यात्रामा छेमेकी देश भारत विहार राज्यबाट पनि सयौंको संख्यामा श्रद्धालु भक्तजन कलश भरेको मेला समितिले वताउनु भयो  ।  

माघको ३० गेते सम्म लाग्ने मेलामा मनोरंजनका लागि सांस्कृतीक कार्यक्रम संगै नेपाल भारतको प्रख्यात कुस्ति वाज पहलमानी हुने मेला समितिले जनाउनु भयो ।