सिरहा,माघ,२३गते। उधोग ब्यपार संघ लहानका अध्यक्षको सुन चाँदी पसलमा डाँका गर्ने योजना बनाउने
४ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला
सिरहा,
लहान नगरपालिका वडा
नं. ७ रहेका विकाश ट्रेडर्सका प्रोपराईटर विकास कुमार शारदा जाहेरीले जिल्ला सिरहा
सुखिपुर नगरपालिका वडा नं. ८ बस्ने अं. वर्ष ४५ को ईन्दल भन्ने इन्द्र नारायण
चौधरी,
ऐ. लहान नगरपालिका
वडा नं. २२ बस्ने अं. वर्ष ३१ को भैरव भन्ने देव कुमार मुखिया र देश भारत पश्चिम
बंगाल जिल्ला हुगली ग्राम पञ्चायत भगबतीपुर वडा नं. ७ बस्ने निरोज भन्ने मेहराज
मोन्डललाई पक्राउ गरेका छन् ।
लहान
नगरपालिका वडा नं. ७ लहान बजार स्थितमा विकाश ट्रेडर्स (सुन चाँदी व्यवसायी)मा
डाँका गर्ने योजना बनाएको गोप्य सूचनाको आधारमा मंगलबार जिल्ला प्रहरी कार्यालय
सिरहाबाट प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानको कमाण्डमा विशेष प्रहरी
टोली खटी गई निज प्रतिवादीहरुलाई पक्राउ गरी नियन्त्रणमा लिएको जल्ला प्रहरी
कार्यालय सिरहाले जनाएको छ ।
लहान
नगरपालिका वडा नं. ४ बस्ने अं. वर्ष ४१ को दिनेश विश्वकर्मालाई २३ गते नियन्त्रणमा
लिई सम्मानित सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरी रहेको जिल्ला
प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




















