सिरहा,माघ २० गते । सिरहा स्थित सुखिपुर नगरपालिका वडा नं ८ मा रहेको आधारभूत नगर अस्पतालमा संचालित निःशुल्क परिवार नियोजन शिविरमा स्थाई बन्ध्याकरण गरेकाहरुलाई समाज सेवी तथा जय माँ दुर्गा भगवती कन्ट्रकसन सुखिपुर १० का संचालक दुर्गा भन्ने दुरेन्द्र यादवले फलफूल वितरण गरेको छ ।
सन्तानको रहर पुगी सकेका पच्चिस जना स्थाई बन्ध्याकरण गरेका महिला पुरुषलाई पौष्टीक आहारका लागि यादवले सुन्तला,स्याउ र एउटा फ्रुटी वितरण गरेको हो ।
निःशुल्क परिवार नियोजन शिविरमा स्थाई बन्ध्याकरण गरिएका महिला तथा पुरुष स्वास्थ्यमा सयोग पुग्ने भवनाले फलफूल वितरण गरीएको सहयोगी तथा समाजेवी यादवले बताउनु भयो ।
सहयोगी यादवले यस आगाडि पनि धार्मीक कार्य, धार्मीक मेला, मठ मन्दिर, यज्ञजाप र खेलकुद लगायत समाजिक कार्यहरुमा सहयोग गर्दै आई रहेका छन् ।