सिरहा,माघ १७ गते । विद्यार्थीहरुको चापलाई मध्यनजर गर्दै सखुवानान्कारट्टी गाउँपालिका सिरहाको गाउँपालिका कोषको एक करोड ४७ लागतमा माध्यमिक विद्यालय महदेवा पोर्ताहाको हाताभित्र १२ कोठे भवन बन्दैछ । 

कक्षा कोठाको अभावमा विद्यार्थीहरुलाई पठन पाठनमा असहज भइरहेकोले उक्त भवनको आवश्यकता महसुस गरी उक्त भवन बनाउन लागिएको गाउँपालिकाका गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो । 

सखुवानान्कारकट्टी, नवराजपुर र लहान नगरपालिका गरी तीन पालिकाका विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा कक्षा कोठाको अभावमा कोचाकोच गरेर विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउनुपर्ने वाध्यता रहँदै आएको थियो । 

२०८१ असार चार गते पि।पिरवनदेवी जे।भी।सँग भवन निर्माण गर्ने सम्झौता भएको उक्त १२ कोठे भवन २०८३ जेठ ४ गते निर्माण सम्पन्न हुने गाउँपालिकाका ईन्जिनियर राधेश्याम यादवले जानकारी दिनुभयो । 

भवन निर्माण भएपछि विद्यार्थीहरुलाई पठन पाठनमा सहज हुनुको साथै छानाले छाएको कक्षा कोठामा पढ्नुपर्ने वाध्यता समेत हटेर जाने विद्यालय श्रोतले जानकारी दिएको छ ।