सिरहा,माघ,९ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १३ भर्लेनीमा खानेपानीको लागि संरचना बन्न लागेको झण्डै ८ वर्ष पुगेछ । खानेपानीको लागि केही संरचना त बने तर बाँकी संरचनाहरु नबन्दा धारामा पानी आउने अन्यौलता अझै कायम नै छ ।
२०७३ सालमा खानेपानीको लागि संरचना बन्न थालेपछि त्यस भेगका करिव तीन सय घर परिवारले धाराको पानी खान पाइने भयो भनेर स्थानीयले खुशीयाली मनाएका थिए तर अझै खानेपानीको लागि ठड्एिको टयांकीबाट पानी आउने अतोपत्तो नभएपछि वर्षौ पुरानो जिर्ण अवस्थामा रहेको भुल्के खानेपानीबाट स्थानीयले जसोतसो तिर्खा मेटाइरहेका छन् ।
वडा नं.१३ का वडा अध्यक्ष सूर्यमान तामांगले खानेपानी कार्यालयको चरम लापरवाही र सरकारी बजेटको उदासिनताको कारण खानेपानीको योजना पूरा नहुँदा शुद्ध खानेपानी उपभोग गर्न स्थानीयले नपाएको दुःखेसो गर्छन् ।
खानेपानी कार्यालय राजविराजका प्रमुख विश्वनाथ प्रसाद यादवका अनुसार सरकारले खानेपानीको लागि छुट्याउने बजेट न्यून गरेका कारण उक्त खानेपानी योजनाहरु संचालन हुन नसकिएकोे वताउँनुभयो ।
भर्लेनी खानेपानी योजना एउटा उदाहरण मात्र हुन् । मधेश प्रदेशमा मात्रै यस्ता खालका अधुरो खानेपानीका योजनाहरु उन्नासय वटा छन् । यी यस्ता खालका अलपत्र योजनाहरुलाई तत्कालै सरकारले संचालन गर्न सके सरकारले गरेको खानेपानीको लगानीले सार्थकता पाउन सकिने स्थानीयहरुको बुझाई रहेको छ ।




















