सिरहा,माघ ७ गते । सिरहा जिल्लास्थित लहान नगरपालिकाले सौन्दर्यकरणको नाममा वर्षौदेखि अस्तित्वमा रहेको नहरलाई मास्ने कार्य गरिरहेको भन्दै ६ बुँदे मागसहित स्थानीयहरु आन्दोलित भएका छन् । 

नहर मासेर निर्माण हुन लागेको ढल निकासको काम बन्द गर, अतिक्रमित नहरको जग्गा तुरुन्त खाली गर, उच्च अदालतको अन्तरिम आदेश पालना गर लगायतका माग राखी स्थानीयहरु आन्दोलित भएका हुन् । 

किसानको हित विपरित साठी वर्षदेखि अस्तित्वमा रहेको नहरलाई हयुम पाइप राखी नहर मासेर ढल निकास गर्न लागेको भन्दै त्यसको प्रत्यक्ष असर किसानलाई पर्ने भएकाले आन्दोलनमा उत्रिएको आन्दोलनकारीहरुले वताएका छन् । 

नहरलाई मास्ने कार्य गरेको विरोधमा आन्दोलनकारीहरु नगरपालिकामा तालाबन्दी गर्न लाग्दा त्यसबेला आन्दोलनकारी र प्रहरीबीच घम्सा घम्सी समेत भएको थियो ।

vlcsnap-2025-01-20-18h54m42s594

लहान नगरपालिकाका नगर उपप्रमुख रामचरित्र महतोका अनुसार पुरानो नहरलाई नमासी ढलको प्रयोगले किसानको खेतमा सिंचाई पनि हुने र नहर पनि सौन्दर्य देखिने भएकाले नहरमा हयुम पाइप राख्न लागेको वताउनुभयो । उपप्रमुख महतोले आन्दोलनलाई थाति राखी वार्ता र संवाददारा समस्या समाधान गर्न सबैमा आग्रह समेत गर्नुभयो । 

खुट्टी खोला सिंचाई नहर संघर्ष समितिका सदस्य अजय चौधरीका अनुसार नगरपालिकालाई पटक पटक नहरलाई मास्ने कार्य बन्द गर्न आग्रह गर्दासमेत अटेर गरेका कारण आन्दोलनमा उत्रिनुपर्ने वाध्यता भएको वताउनुभयो । नहरमा भइरहेको काम नरोकिन्जेलसम्म आन्दोलन जारी रहने समेत उहाँले उल्लेख गर्नुभयो ।