सिरहा,माघ,५ गते । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी राजनीतिकबाहेक शिक्षा, स्वास्थ्य, कृषि लगाएत समाजमा रहेका विकृति र विसंगतिको समचारलाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो । 

सिरहाको लहानमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० सिरहा शाखाको छैठौँ जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै मन्त्री लेखीले मिडियामा राजनीतिक समचारलाई बढी महत्व र स्थान दिएको वताउँदै उहाँले राजनीतिबाहेक कृषि, शिक्षा, स्वास्थ्यलगाएत क्षेत्रका विकृती र विसङ्गतीका कुरालाई समेत पत्रकारले उठाउनुपर्ने  जिकिर गर्नुभयो । 

मन्त्री लेखीले व्यवस्था र अवस्था परिवर्तनमा पत्रकारको महत्वपुर्ण भूमिका रहेको भन्दै मधेश प्रदेश सरकारले पेशागत पत्रकारितामा लामो समय व्यतित गरेका प्रदेशका पत्रकारहरुलाई चाँडैनै सम्मान गर्ने योजना बनाएको बताउनुभयो । उहाँले तत्कालिन समयमा आफुँ शिक्षामन्त्री हुँदा आदिवासी जनजाति तथा थारु पत्रकार संघको संरक्षण र सम्बद्र्धनको लागि १०÷१० लाख रुपैयाँ छुट्याएको पनि जानकारी दिनुभयो ।  

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत जर्घामगरलाई ११ हजार एक सर एक रुपैयाँ राशीको नगदसहित ‘अमात्य सृजनशील पत्रकारिता पुरस्कार—२०८१’ले सम्मान गरिएको थियो । सम्मेलनले सत्य नारायण चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।