सिरहा,पुस २७ गते । पुसको अन्तिम साता बित्नै लाग्दा समेत शीतलहरसँगै चल्ने चिसो हावा नचलेकाले तराई मधेशमा जाडोको महसुस भएको छैन । यतिबेला शितलहरसँगै चल्ने बाक्लो हुस्सुले जनजीवन अस्तव्यस्त हुनुपर्ने बेलामा विहान बेलुका चिसोको महसुस मात्र भइरहेको छ । 

वातावरणीय प्रभावले मौसममा भएको बदलावका कारण यसबेला चिसो मौसमले खासै प्रभाव नपारेको स्थानीयहरु वताउँछन् । एयगकभ‘।

यतिबेला लग लग काम्नो चिसोले निमोनिया, श्वास प्रस्वास समस्या र हापोथर्मियाका विरामीहरु अस्पतालहरुमा भरिभराउ हुनुपर्ने भए पनि त्यसो नभएको रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानका चिकित्सक धिरज कुमार साहले जानकारी दिनुभयो । एयगकभ‘।

शितलहर एउटा प्राकृतिक चुनौती हो । तराई मधेशमा हालसम्म आइपुग्दा त्यसको असर खासै महसुस भएको छैन ।  यतिबेला शितलहरसँगै चिसो हावा चल्नुपर्ने भए पनि त्यसो नभएकाले यसपल्टको गर्मी सिजनले उग्र रुप लिन सक्ने विज्ञहरुको भनाइरहेको छ ।