सिरहा,पुस २५ गते। सिरहाको लहानमा कृषि विकास बैंक शाखा लहानले बहुमुल्य जग्गा सस्तोमा लिलाम गरेको विरुद्धमा पूर्वपश्चिम लोकमार्ग पिडित पक्षद्वारा बन्द गरिएको थियो ।

कृषि विकास बैक शाखा कार्यालय लहानले लहान नगरपालिका वडा नं. २२ की आशा कुमारी यादवको घर र जग्गा बैंकले कुनै जानकारी विना लिलामी गरेका कारण आज लोकमार्ग अरुद्ध गरी आन्दोलनमा उत्रेका छन् ।

लहान नगरपालिका–२ बस्ने रामचन्द्र यादवले पूर्व–पश्चिम राजमार्गमा टाँसिएकै ७ धुर जग्गा बन्धकी राखी ०७७ फाल्गुन १५ गते ३० लाख रुपैयाँ ऋण लिएका थिए। उनले मंसिर महिनाको पनि किस्ता तिरेको बताएका छन्। ब्याज सवाँ गरी हालसम्म १९ लाख ९२ हजार ७७३ रुपैयाँ तिरिसक्दा पनि जग्गा लिलाम भएकोले अन्यायमा परेको ऋणी यादवले बताए ।

vlcsnap-2025-01-09-19h57m08s614

प्रक्रिया छलेर बहुमूल्य जग्गा सस्तोमा लिलाम गरेको भन्दै ऋणीले कृषि विकास बैंक लहान शाखाको अगाडी चक्का जाम गरी ऋणीको समर्थनमा आएका स्थानीयवासीहरूको सहयोगमा वन्द गरिएको हो ।

उग्र बन्दै गएको स्थिती नियन्त्रणमा लिन प्रहरीले ह्वाई फायर  आशु ग्यास प्रहार  गरी स्थिती नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पिडितका अनुसार ०८१ कार्तिक २९ गते जग्गा लिलाम गरिदिने कर्मचारीले धम्की दियो । पैसा पटक–पटक बुझाइरहँदा पनि चलन चल्ती अनुसार १ करोड ४५ लाखमा बिक्री हुने जग्गा ३५ लाखमै लिलाम गरिदिएको यादवले सुनाए । कर्मचारीले आफूलाई लिलामी प्रक्रिया पनि जानकारी नदिएको उनको भनाइ छ ।

बैंकका शाखा प्रबन्धक विवेक पौडेलले यो जग्गा लिलामी विषयमा केही बोल्न चाहेका छैनन्। केही महिनाअघि मात्रै उनी सरुवा भएर आएका हुन्। पूर्व प्रबन्धकको पालोमा यो सबै भएको बैंक स्रोतको भनाइ छ ।