सिरहा,मंसिर १६ गते । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्दर चौधरी एक महिना बढी समयदेखि सरकारी गाडीसँगै वेपत्ता भएको विषयमा नगर प्रमुख शिवशंकर महतोसँगको जिज्ञासामा  गैरजिम्मेवारी र धम्कीपूर्ण भाषा प्रयोग गरेको अडियो सार्वजनिक भएको छ । 

अडियो रेकर्डमा मेयर महतोले अधिकृत घर विदामा भए पनि कहिले आउने भने खुलाएको छैन । उनले नगरपालिकाको गाडी सुरक्षितसाथ एक महिनादेखि राखेको वताउँदै गाडी दुरुपयोग नभएको जिकिर गरेको छ । 

मेयर महतोले फोन वार्तामा पटक पटक असभ्य र गैरजिम्मेवारी र धम्की जस्ता कुरा गरिरहेको सामाजिक संजालमा भेटिएको छ । यस अघि सार्वजनिक भएको फोन वार्तामा पत्रकार जन्माएको जस्तो अभिव्यक्ति मात्र दिएन अर्को सार्वजनिक फोन वार्तामा नगरपालिकाको विषयमा सोधीखोजी गर्ने व्यक्तिहरुहरुलाई छाला फोड्ने खालको असभ्य र अशिष्ट अभिव्यक्ति समेत दिएका थिए । यसले मेयर महतोले आफ्नो साख मात्र गुमाएका छैनन् सम्पूर्ण नगरवासीको साख समेत गुमाएको नगरवासीको आरोप छ ।  

एक महिना बढी समयदेखि प्रमुख प्रशासकीय अधिकृत चौधरी नगरपालिकाको नाममा रहेको बा२झ २३०६ नं। को जिप लिएर वेपत्ता छन् । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले नगरपालिकाको सम्पूर्ण प्रशासनीय काम ठप्प छ । १४ वटा वडा रहेको नगरपालिकामा दैनिकी कामकाज ठप्प रहँदा समेत न त मेयरलाई मतलव छ न त सम्बन्धित निकायलाई नै । 

सुनौ भिडियो टेप ः