सिरहा,मंसिर, १६ गते । नम्बर नखुलेको स्कारपियो गाडीबाट सिरहा कचनारीका ४८ वर्षीय लक्ष्मण प्रसाद यादवको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ ।
सिरहा कचनारी १ बडहरी वेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी सई रहेको यादवलाई आज विहान करिव ३ बजेतिर भारतीय सीमानजिकै बरियारपट्टि १ कचनारीमा गस्तिको क्रममा सो गाडीले ठक्कर दिएको थियो ।
भारत तर्फ मदिरा तस्करी भईरहेको सूचनाका आधारमा चेकजाँचको क्रममा उक्त गाडीले सई यादवलाई ठक्कर दिएर भारततर्फ भागेको सूचना प्राप्त भएको सशस्त्र प्रहरी ७ नम्वर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले वताउनुभयो ।
ठक्कर दिने स्कोरपीया मदिरा बोकेको भन्ने सूचना आएपनि गाडी फेला नपरेकोले यसै भन्न नसकिने वताउँदै घटनाबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाइएको छ ।
भारतमा मदिरा वन्देज भएपछि भारतीय सीमा क्षेत्रको नेपालतर्फ मदिरा पसलहरु निक्कै नै फस्टाएको छ । भारतीय सीमामा भारतीयहरु मदिरा सेवन मात्र गर्दैन प्रहरीको मिलोमतोमा मदिराहरु तस्करी समेत भइरहेको स्थानीयहरुको आरोप छ ।