सिरहा,मंसिर १० गते । खुल्ला दिशामुक्त घोषणा भएको वर्षौ भए पनि अझै बाहिरै शौच गर्न वाध्य सिरहाको लहान नगरपालिका वडा नं. २१ कलाबन्जर का स्थानीयलाई चौध कोठे सामुदायिकका लागि शौचालय निर्माण भइरहेको छ ।
वाटर एड, दि विकन परियोजनाको चौवालिस लाखको सहयोग एवम् स्थानीय दलित जनकल्याण युवा क्लवको सहजीकरणमा निर्माण भइरहेको उक्त सामुदायिक शौचालयमा त्यस गाउँका बयालिस विपन्न घर परिवारले सुरक्षित शौचालय उपयोग गर्नेछ ।
विशेषतः मुसहर समुदायको बसोबास रहेको उक्त ठाउँमा एउटा शौचालयमा तीन घर परिवारले उपयोग गर्ने गरी १४ वटा शौचालय निर्माण भइरहेको ईन्जिनियर सुन्दर साहले जानकारी दिनुभयो ।
चैत्र मसान्तभित्र निर्माण सम्पन्न हुने उक्त शौचालयमा बयालिस घर परिवारको एक सय त्रिचालिस परिवारलाई फाइदा पुग्ने दलित जनकल्याण युवा क्लव वाटर एड ग्राण्डका कार्यक्रम प्रबन्धक राजेश कुमार लोहनीले जानकारी दिनुभयो ।
बयालिस घरधुरीका एक सय त्रिचालिस जनसंख्या रहेको उक्त ठाउँमा बाहिर शौच गर्न वाध्य रहेकाहरुको लागि उपयोगी भएको स्थानीय रामवती सदा वताउँछिन् ।
विशेषगरी मुसहर समुदायको एउटै घर भएकाले त्यही घरमा शौचालय बनाए पनि त्यसै घरमा खाना बनाउने, सुत्ने र शौच पनि गर्नु पर्ने भएकाले बनाएको शौचालय उपयोग न हुँदा बाहिर शौच गर्न बाध्य भइरहेको थियो ।