सिरहा,मंसिर ९ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.२ स्थित भवानीपुरमा आजदेखि फुटवल प्रतियोगिता शुरु भएको छ ।
आज एक समारोहबीच प्रतियोगिताको उद्घाटन धनगढीमाई नगरपालिकाका निवर्तमान नगर प्रमुख हरिनारायण चौधरीले गर्नुभयो ।
निर्वमान चौधरीले राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद मध्ये फुटवल खेल उच्च स्तरका खेल भएकोले खेललाई सौहाद्रपूर्ण तरिकाले खेल्न सबै खेलाडीहरुलाई आग्रह गर्नुभयो ।
आजको उद्घाटन खेल राजदेवी फुटवल क्लव कुर्वा र वैशखा फुटवल क्लव वैशखाबीच प्रतिस्पर्धा भएको थियो । आजको खेलमा वैशखा फुटवल क्लवले राजदेवी फुटवल क्लव कुर्वा विरुद्ध एक गोलले विजयी भएको थियो ।
भोलि सोमबार राजदेवी फुटवल क्लव मोथियाही धनगढीमाई न.पा.५ र आयोजक भवानीपुर फुटवल टिमबीच हुनेछ ।
भवानीपुर फुटवल क्लवद्वारा श्री जनता माध्यमिक विद्यालय वेतहा भवानीपुरको खेल मैदानमा आयोजित फुटबल प्रतियोगितामा सिरहा र सप्तरी जिल्लाका आठ वटा टिम सहभागी रहेको आयोजक निरोद पासवानले जानकारी दिनुभयो ।
फुटवल प्रतियोगिताको अन्तिम खेल मंसिर १५ गते हुने आयोजकले जानकारी दिएको छ । खेलमा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने सतिलाल सदाले जनाएका छन् ।