सिरहा,कार्तिक २९ गते । सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाई स्थित बधाई तथा सम्मान कार्यक्रम समारोहमा सरकारले दिएको यो जिम्मेवारीलाई ईमान्दारीता पूर्वक निर्वाह गर्ने अस्ट्रेलियाका लागि नवन्युक्त राजदुत तथा पूर्व शिक्षा मन्त्रि चित्रलेखा यादवले बताउनु भयो ।

सिरहा  क्षेत्र नं. १ लहान नगर समिति र लहान नगरपालिका द्वारा  आयोजित कार्यक्रमा आफू अस्ट्रेलियामा रहे पनि सिरहा वासीलाई सहयोग गर्ने प्रतिवद्धता जनाउदै सो कुरा बताउनु भयो ।

नेपाली कांग्रेस सिरहा जिल्ला सभापति राम चन्द्र यादवले नेपाली कांग्रस भित्र जमिन्दारको विगविगीलाई समाप्त गरेर दलित, मुस्लिम, र महिलाहरुको पार्टी बनाउन चित्रलेखा यादवको ठूलो योगदान रहेको उल्लेख गर्दै नवन्यूक्त अस्ट्रेलियाको राजदूत भएकोमा बधाई दिएका थिए ।

नवन्यूक्त राजदूत यादवलाई नेपालि कांग्रेसका महासमिति सदस्य सूर्य नारायण यादव, सिरहा जिल्लाका क्षेत्रिय सभापति तथा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी, लक्ष्मिपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुर, लहान नगर सभापति संजय यादव, सुखिपुर नगर सभापति मिथुन यादव लगायत नेता र कार्यकर्ताहरुले बधाई तथा सम्मान गरेका थिए ।