सिरहा,कार्तिक २५ गते । सिरहाको सुखिपुर नगरपालिका वडा नं. ८ स्थित पूजा ज्वेलर्समा चोरी भएको छ ।

चोरहरुले सुखिपुर ८ ग्रामिण रोड हटियामा सुभाष कुमार साहको सुन चाँदी पसल पूजा ज्वेलर्समा बनाएर राखिएका नाक,कान र हाथका गरगहना चोरी भएको हो ।

छठ पर्वको खर्नाको साँझमा पसल बन्द गरी घर गएको र शुक्रवार पर्व सकेर शनिवार विहान आउँदा चोरी भएको ज्वेलर्सका संचालक सुभाष कुमार साहले वताउनु भयो ।

सटर भाडामा लिएर व्यवसाय गरि रहेका घरको पछाडीको वाल फोडेर ज्वेलर्समा रहेको दुई किलो चाँदी र डेढ भरी सुन चोरी भएको ज्वेलर्सका संचालक साहले जनाउनु भयो ।

यता ज्वेलर्सका भएको चोरी घटनाको विषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सुखिपुरले जनाएको छ ।