सिरहा,कार्तिक २५ गते । कामना सेवा विकास बैंक ,गोलबजार शाखाले मिर्चैया र लाहान शाखाको सहयोगमा आज गोलवजारको वोडा न। ६ स्थित धमिनिमाइ मन्दिरमा फोहर व्यबस्थापनका लागि डस्ट्बिन बितरण गरेको छ ।
समाजिक उत्तरदायित्व तथा बार्षिकोत्सव कार्यक्रम अन्तर्गत कामना सेवा विकास बैंक गोलबजार शाखाले मन्दिरको फोहर व्यवस्थापनको लागी डस्टविन दिईएको बैंकका शाखा प्रमुख श्री दुर्गा ध्वोज अधिकारिले बताउनु भयो ।
मन्दिरका पुजारी र गोलबजार नगरपालिका का कर्मचारी को उपस्थिति तथा स्थानिय बुद्धिजिवि र बैंकका कर्मचारीहरुको उपस्थितीमा उक्त कार्यकक्रम सम्पन्न गरेको बैंकका प्रमुख अधिकारिले बताउनु भयो ।
कामना सेवा विकास बैंकले समाजिक उत्तरदायित्व तथा बार्षिकोत्सव कार्यक्रम अन्तर्गत समाजका लागी विभिन्न कार्यक्रमहरु गर्दै आई रहेको प्रमुख अधिकारिले बताए ।
यसरी बैंकले फोहर व्यबस्थापनका लागि डस्ट्बिन बितरण गरिदिएपछि स्थानियहरु खुशी भएका छन् र यसले मन्दिरको सरसफाइमा सहयोग हुने कुरो पुजारिले बताउदै बैंकका कर्मचारीहरुलाई शुभकामना दिदै धन्यवाद समेत दिनुभएको छ ।




















