सिरहा,कार्तिक २२ गते । तराई मधेशसँगै देशभर वडो धुमधामसँग मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई श्रद्धालु भक्तजनले सिरहाको विभिन्न नदी, पोखरी तथा तलाउमा अर्घ दिइएको छ ।
छठ पर्वलाई उल्लासमय मनाउनको लागि पोखरी घाट, जलासय तथा नदी तलाउहरु सजि सजाउ गरिएको छ भने विभिन्न आतिसवाजदेखि मनोरन्जनको साधनले छठी घाटहरु गुन्ज्यमान भएको छ ।
छठ मेला समितिहरुले सिरहाको विभिन्न छठी घाटमा जाग्राम गर्ने व्यवस्था मिलाइएको छ भने राति जाग्रामको लागि विभिन्न खालको मनोरन्जनको साधनहरु पोखरी घाटहरुमा राखिएको छ ।
सूर्यदेवको अराधना, उपासना र पूजाको यो पर्व मंगलबार नहाय खायबाट शुरु भएको हो । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्वको समापन हुनेछ ।





















