सिरहा,कार्तिक २१ गते । श्रद्धा र निष्ठापूर्वक धुमधामसँग मनाइने छठ पर्वको लागि सिरहाका विभिन्न नदी तलाउ, पोखरी घाटहरु सजि सजाउ लगायतका सम्पूर्ण कार्य लगभग पूरा भएको छठि घाट समितिहरुले जानकारी दिएको छ ।
नदी, तलाउ, पोखरी लगायतका ठाउँहरु दुलही जस्तै सजाउने काम भएको छ भने छठि पूजाको घाटहरुलाई सरसफाई गरिएको छ । विभिन्न झिलिमिली वत्तिसँगै छठी मैयाको गीतले पोखरी, नदी तथा तलाउहरु गु्न्ज्यमान भएको छ ।
३६ घण्टा सम्म निर्जल निराहार वर्त मनार्ईने छठ पर्व भोलि अर्थात् विहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिई शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुनेछ ।
छठ पर्व गर्नाले परिवारको समृद्धि, सन्तान सुख प्राप्ति, चर्मरोग एवम् भाकल गरे मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
यो पर्व भाइचाराको सम्बन्ध प्रगाढ बनाउने जनविश्वासले पनि सबै जातजातिले यो यो पर्व वडो धुमधामसँग मनाउने गरिन्छ । सबैको प्रिय एवम् महान पर्व भएकोले दिन प्रति दिन यो पर्व मनाउनेको संख्यामा वृद्धि भइरहेको वताइएको छ ।कार्तिक २१ ग्ते । श्रद्धा र निष्ठापूर्वक धुमधामसँग मनाइने छठ पर्वको लागि सिरहाका विभिन्न नदी तलाउ, पोखरी घाटहरु सजि सजाउ लगायतका सम्पूर्ण कार्य लगभग पूरा भएको छठि घाट समितिहरुले जानकारी दिएको छ ।
नदी, तलाउ, पोखरी लगायतका ठाउँहरु दुलही जस्तै सजाउने काम भएको छ भने छठि पूजाको घाटहरुलाई सरसफाई गरिएको छ । विभिन्न झिलिमिली वत्तिसँगै छठी मैयाको गीतले पोखरी, नदी तथा तलाउहरु गु्न्ज्यमान भएको छ ।
३६ घण्टा सम्म निर्जल निराहार वर्त मनार्ईने छठ पर्व भोलि अर्थात् विहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिई शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुनेछ ।
छठ पर्व गर्नाले परिवारको समृद्धि, सन्तान सुख प्राप्ति, चर्मरोग एवम् भाकल गरे मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
यो पर्व भाइचाराको सम्बन्ध प्रगाढ बनाउने जनविश्वासले पनि सबै जातजातिले यो यो पर्व वडो धुमधामसँग मनाउने गरिन्छ । सबैको प्रिय एवम् महान पर्व भएकोले दिन प्रति दिन यो पर्व मनाउनेको संख्यामा वृद्धि भइरहेको वताइएको छ ।