सिरहा,कार्तिक २० गते । तराईवासीहरुको ठूलो र पवित्र एवम् निष्ठापूर्वक मनाइने छठ पर्वमा सिरहाका स्थानीय बजारमा पूजाको सामाग्री किन्नेहरुको भीड लागेको छ ।
स्थानीय स्तरमा लाग्ने साप्ताहिक बजारहरु धनगढी, लहान, सिरहा, गोलबजार, मिर्चैया, चोहर्वा लगायतका बजारहरुमा माटाका सामाग्री ढकनी, चिर्खा, गाग्रो, हाथि लगायतका बाँसका सामाग्रीहरु नांग्लो, ढाकी, कोनिया केरा, कुस्वा लगायतका पूजाका सामाग्री किन्न भिड लागेको हो ।
गत वर्षको तुलनामा यस वर्ष भने पूजाको सामाग्रीहरुमा अचाक्ली मूल्य बृद्धि हुँदा चाड पर्व मान्न निक्कै कठिनाई भइरहेको किनमेल गर्न आउनेहरु वताउँछन् ।
चार दिनसम्म मनाइने लोक आस्थाको छठ पर्व नहाय खायबाट शुरु भई ३६ घण्टा लामो निर्जल र निराहार ब्रत विहीबार उदाउँदो सूर्यलाई विधिपूर्वक अध्र्य दिएपछि पर्व विधिवत रुपमा सकिनेछ ।