सिरहा,कार्तिक १९ गते । सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले टेलिफोनमा गरेको असभ्य खालको वार्तालापले सर्वत्र रुपमा निन्दा भइरहेको छ ।
नगरप्रमुख जस्तो गरिमामय पद धारण गरेर स्थानीय अनिल सिंहलाई गरेको अपशब्द र गाली गलौजले विशेषतः सामाजिक संजालसँगै चोक चौराहादेखि गाउँसम्म चर्को रुपमा नगर प्रमुख महताको विरोध भइरहेको छ ।
अवैध रुपमा ग्राभेल उत्खनन् भइरहेको विषयमा गरेको प्रश्नमा उत्तर दिनुको साटो असभ्य एवम् तल्लोस्तरको गरेको गाली गलौज एवम् अपशब्द प्रयोगले नगरवासीको मन दुःखाएको स्थानीयले आरोप लगाएको छ ।
स्थानीय एक वुद्धिजीवीले नगर प्रमुख महतोले कहिले पत्रकार जन्माएको जस्तो अभिव्यक्ति दिनु, कहिले नगरवासीको छाला फोडिदिन्छु भन्ने धम्की दिनु जस्ता अभिव्यक्तिले कतै मेयर महतो डिप्रेशनमा परी पागल त भएको छैन रु प्रश्न गर्छन् नगरवासीहरु ।
नगर प्रमुख महतोले मेयर पद सम्हालेपछि नगरपालिकामा विकास गर्नुको साटो ठेक्केदार एवम् कर्मचारीको मिलोमतोमा भ्रष्टाचार गर्नमै लिप्त रहेको वताइएको छ ।
मिलोमतोमा ग्राभेल उत्खनन, लोकसेवा आयोग कक्षा संचालन, खानेपानीको बोडिंग जडान लगायतका भ्रष्टाचारको ठूलै चाँग मेयर महतोमाथि रहेको छ । प्रमाण सहितको यी यस्ता खालका दर्जनौ भ्रष्टाचारका फाइलहरु अख्तियार दुरुपयोग अनुसन्धानमा दर्ज हुँदा समेत सम्बन्धित निकाय मौन बसेकाले अख्तियार दुरुपयोग अनुसन्धानमाथि नै प्रश्न खडा भएको छ ।