सिरहा,कार्तिक १९ गते । सिरहाको गोलबजार नगरपालिका वडा नं. १२ वेतौनाका समाज सेवी सुवोध कुमार सिंहले आउँदो छठ पर्वका एक सय विपन्न तथा दलित वर्तालु महिलाहरुलाई साडी वितरण गरेको छ । 

खेतीपातीसँगै भारतमा रोजगारी गर्दै आएका सिंहले स्थानीय विपन्न तथा गरिवलाई निष्ठापूर्वक मनाउने छठ पर्वका ब्रतालुहरुलाई केही आर्थिक राहत हुने उद्देश्यले साडी वितरण गरिएको जानकारी दिनुभयो । 

बेरोजगार तथा विपन्न परिवारलाई वडो श्रद्धा पूर्वक मनाइने छठ पर्वलाई लक्षित गरी साडी वितरण गर्नुले पुण्यको कार्य गरेको साडी वितरण कार्यक्रमका प्रमुख अतिथि स्थानीय राम जानकी मन्दिरका महन्थ लक्ष्मण दास वैष्णवले वताउनुभयो । 

शुद्धता र पवित्रताका साथ मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । छठ पर्वका पूजा सामग्री चोखो हुनुको साथै कपडा पनि नयाँ लगाउनुपर्ने प्रावधान रहि आएको छ ।