सिरहा,कार्तिक १३ गते । सिरहास्थित लहान नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी खुट्टी खोलाको विषयलाई आन्दोलन गरिरहेकोलाई वार्ता र सहमतिद्वारा समस्या समाधान गर्न आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा नगर प्रमुख महेश प्रसाद चौधरीले नहरलाई नहरकै ठाउँमा राखि किसान र वजार एरियाको समस्या सामाधानका लागि ह्युम पाईपको कार्य थाल्नी गर्दा केहि व्यक्तिहरुको उक्साहटमा कुरै नबुझी आन्दोलनमा उत्रिएकाले सबैलाई वार्तामा आउन आग्रह गर्नुभयो ।
नगर प्रमुख महेश प्रसाद चौधरीले लहान बजारलाई अव्यवस्थित नहरलाई वजार एरियामा अण्डरग्राउण्डका लागि ह्युम पाईपको कार्य संचालन मात्र गरिएको त्यसले सिंचाईलाई केही असर नपार्ने समेत उहाँले स्पष्ट गर्नुभयो ।
खुट्टी खोलाबाट सिंचाई गर्ने उद्देश्यले साठी वर्ष अघि त्यस ठाउँमा नहर खनिएका थिए । हालै करिव आठ करोडको लागतमा जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सिरहामार्फत् हेड बक्स निर्माण भए पनि नहरको काम हालसम्म अत्तोपत्तो छ ।