सिरहा,कार्तिक ११ गते । सिरहाको लहान नगर क्षेत्रभरी सिंचाई सेवा पुर्याउने उद्देश्यले बनेको नहरलाई लहान नगरपालिकाले नहरलार्ई ढल बनाउन लागेको विरोधमा खुट्टी खोला सिंचाई संघर्ष समितिले लहानमा विरोध प्रदर्शन गरेको छ ।  

लहानमा सिंचाई नहर मास्न पाइदैन, किसानको खेतमा पानी चाहियो, भ्रष्ट मेयर राजानामा दे जस्ता चर्का नारा लगाउँदै समितिले लहान परिक्रमा गर्दै शहीद चोकमा कोण सभा गरेका छन् । 

सिरहाको लहान नगरपालिका वडा नं. १० स्थित खुट्टी खोलामा जलश्रोत तथा सिंचाई विकास डिभिजन सिरहामार्फत् सिंचाईका लागि करिव आठ करोडको लागि  हेडवक्स समेत निर्माण भइसकेको छ । 

कृषियोग्य जग्गामा सिंचाई सुविधा पुर्याउने उद्देश्यले निर्मित नहरमा नगरपालिले ढल निर्माण गर्न लागेको विरोधमा जलश्रोत तथा सिंचाई विकास डिभिजन सिरहाले त्यस ठाउँमा निर्माण हुदै गरेको संरचना तत्काल बन्द गर्न नगरपालिकालाई परिपत्र समेत गरेको छ । यद्यापि नगरपालिकाले अटेर गर्दै ढल निर्माण कार्य नरोकेकाले स्थानीय आन्दोलित भएका हुन् । 

वि.स.२०२२ मा किसानको खेतलाई सिन्चित गर्ने उद्देश्यले नहरको निर्माण भएको थियो । उक्त नहर निर्माणले लहान नगरपालिकाको वडा नं. ं. १, २, ३, ४, ११, १२, १९, २०, २१, २२ र २३ का साथै सखुवानन्काकट्टी र लक्ष्मीपुर पत्तारी गाउँपालिकाको हजारौ बिगहा जग्गा सिंचित हुनेछ ।