सिरहा,कार्तिक १० गते । सिरहाको सुखीपुर उद्योग व्यापार समितिको आज सम्पन्न निर्वाचनमा सूर्यनारायण यादवको प्यानल विजयी भएको छ । 

निर्वाचित सुरज यादवले प्रतिद्वन्दी विजय गुप्तालाई एक सय चौहतरी मतान्तरमा यादव प्यानल विजयी भएका हुन् । विजयी यादवले व्यापारीहरुको हक हितको लागि जतिबेला पनि अग्र मोर्चामा रहेर काम गर्ने प्रतिबद्धता गर्नुभयो । 

एक हजार तीन सय पच्चीस मतदाता रहेको सुखीपुर उद्योग व्यापार समितिमा भएको निर्वाचनमा एक हजार एक सय ६७ मत खसेको थियो । 

एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सजिव, एक कोषाध्यक्ष, दुई महिला सदस्य र पाँच सदस्य गरी १३ जना पाँचौ कार्यकालको लागि सम्पन्न निर्वाचन शान्तिपूर्ण तरिकाले भएको निर्वाचन अधिकृत उद्धव हमालले जानकारी दिनुभयो ।

प्रथम उपाध्यक्षमा राकेश कुमार पुर्वे द्वितीय उपाध्यषमा रमेश कुमार महतो,महासचिवमा दिनेश कुमार यादव,सचिवमा संजय कुमार यादव र कोषाध्यक्षमा रोशन कुमार साह लगयत प्यानल सहित विजय हासिल गरेको छ ।