सिरहा,भदौ ११ गते। अबैध रुपमा ल्यादै गरेको खोटेसल्ला डिभिजन वन कार्यालय सिरहा,लहानले सात बोरा खोटेसल्लाको जरा बरामद गरेको छ। विशेष सूचनाको आधारमा धनढीमाई नगरपालिका १४ चुरे वन क्षेत्रबाट  करिव तीन सय ५० केजी खोटेसल्लाको जरा आज मङ्गलवार विहान बरामद गरेको हो।

रातभरीको प्रयासपछि बिहान ३ बजे सब डिभिजन वन कार्यालय, धनगढीको नेतृत्वमा डिभिज वन कार्यालयका एएफजीको संयुक्त गस्ती टोलिले उपरोक्त परिणामको खोटेसल्ला बरामद गरेको डिभिज वन कार्यालय सिरहा लहानका सूचना अधिकारी राधेश्याम चौधरीले बताउनु भयो ।

सामान बोकेर आएका भरीयाहरु वन कर्मचारी आएको सूइँको पाएर बोरा छोडेर भागेको हुने सक्ने  डिभिजनल वन अधिकृत सुजीत कुमार झाले बताउनु भयाे।

पहाडीभागबाट चुरेहुँदै चोरी निकासीभएको खोटे सल्ला धुप बाल्नको लागि तराईका बजार तथा भारतीय बजारसम्म पुग्ने गरेको स्थानीयहरु बताए ।