सिरहा,जेष्ठ ३१ गते । दिन प्रतिदिन भइरहेको वन विनासलाई व्यवस्थापन गर्ने उद्देश्यले सिरहाको लहानमा दीगो वन व्यवस्थापन सम्बन्धी अन्तक्र्रिया शुरु भएको छ ।
डिभिजन वन कार्यालय लहान सिरहादारा आयोजित दुई दिने दिगो वन व्यवस्थापन तथा सम्बर्धन प्रणालीमा कार्यान्वयन सुदृढीकरण गोष्ठी कार्यक्रममा प्राकृतिक प्रकोपसँगै मानवीय अतिक्रमणका कारण भइरहेको वन विनासलाई व्यवस्थापन गर्न सामुदायिक वन, वन कर्मचारी, जनप्रतिनिधि र सरोकारवालाहरुलाई भेला गरिएको हो ।
वनको अवस्था दिनानुदिन नाजुक हुँदै गएकाले यसप्रति सचेत रहन र दीगो वन व्यवस्थापनलाई जोड दिन कार्यक्रमको आयोजना गरिएको डिभिजन वन कार्यालय लहान सिरहाका अधिकृत गंगा यादवले जानकारी दिनुभयो । १ सय १४ वटा सामुदायिक वन रहेको सिरहामा २८ हेक्टर वन क्षेत्रले ओगटेको तथ्यांकले देखाउँछ ।




















