सिरहा,बैशाख २ गते । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी वडा नं. ३ मा रहेको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक पताल पोखरीमा आजका दिन निःसन्तान महिलाले पोखरीमा नुहाए सन्तान प्राप्ति हुने जनविश्वासको कारण पोखरीमा नुहाउन आउने महिलाहरुको भीड लागेका छ ।   

निःसन्तान महिलाले आजका दिन पताल पोखरीको डिलमा रहेको हरिसिंहदेव मन्दिरमा पूजा पाठ गरी पोखरीमा नुहाउने क्रममा भेटिएको सामाग्री शरीरमा धारण गरे सन्तान प्राप्ति हुने जनविश्वासका कारण पोखरीमा नुहाउने महिलाहरुको भीड लागेको हो ।

सन्तान प्राप्तिको रहर कसलाई हुँदैन, विवाह भएको दश वर्ष भइसक्यो, बच्चा पाउने आशमा हर प्रयास गरे पनि विफल भएपछि पताल पोखरीमा नुहाएपछि सन्तान प्राप्ति हुन्छ भन्ने विश्वासले आएको सर्लाही हरिपुरका शिलादेवी महतोले वताइन् । 

vlcsnap-2024-04-14-18h35m03s522

लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरको अनुसार सदियौदेखि पताल पोखरी आस्थाको प्रतिक रहेकाले देश विदेशबाट निःसन्तान महिलाहरुले सन्तान प्राप्तिको लागि पोखरीमा नुहाउन आउने क्रम जारी गरेको वताउनुभयो । 

आस्थाका प्रतिकको रुपमा रहेको पताल पोखरीमा सन्तान प्राप्त गर्ने उद्देश्यले मात्र नभई भाकल गरे मनोकामना पूरा जन विश्वासको कारण पनि दर्शनार्थीहरुको आज भीड लागेको हो ।  

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय रुपमा अथाह सम्भावना बोकेको पताल पोखरीलाई संरक्षण र सम्बर्धन गर्नुपर्ने भए पनि नियमनकारी निकायको उदासिनताको कारण जुन रुपमा पताल पोखरीको चर्चा परिचर्चा हुनुपर्ने हो सो हुन नसकिएको स्थानीयवासीको आरोप छ । 

vlcsnap-2024-04-14-18h32m50s356vlcsnap-2024-04-14-18h33m32s363vlcsnap-2024-04-14-18h34m19s338