सिरहा,चैत्र ३० गते । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले देश आर्थिक रुपमा टाँट पल्टिएको बेलामा सरकारमा सहभागी भए पनि विकासको गतिमा केही कमी नआउने वताउनुभयो । 

आज सिरहाको लहानमा समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार मुख्य नाराका संचालन हुने लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सवको उद्घाटन गर्नुहँुदै मन्त्री महासेठले नेपालको आर्थिक वृद्धि दर २.दशमल भन्दा तल आर्थिक वृद्धि दर भएको बेला आफूले सरकार सम्हालि रहेको वताउँदै मन्त्री महासेठले विकासको गति २०७४ साललाई अनुभूति हुने गरी मन्त्रालयले काम गरिरहेको वताउनुभयो ।

C0078T01

संघीय सरकारले सिरहालाई वेवास्ता गरिरहेको आरोपलाई चिर्दै मन्त्री महासेठले मधेश प्रदेश मध्ये सिरहा जिल्लामा पूर्वाधारको विकासको कार्य सबै भन्दा बढी भएको उल्लेख गर्नुभयो । उहाँले देशभरिको ८० वटा राजमार्ग मध्ये चार वटा सिरहा जिल्लामै बनेको, चोहर्वा सिरहाको चारलेन सडक, ठाडँ िलहानको चार लाइन सडक लगायत राजमार्ग वाहेकका २७ वटा योजना सिरहामै संचालन हुने आश्वास्त पार्नुभयो । 

दश दिनसम्म चल्ने महोत्सवमा एक सय एकाईस वटा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका उत्पादनको स्टलहरुमा कृषि, महिला उद्यमी, साना घरेलु उद्यमीका स्टलदेखि पाकिस्तान, बैंगलोर, भारत लगायतका उत्पादित विभिन्न सामाग्रीसँगै परिकार, अटोमोवाइल लगायत रहेको छ । 

महोत्सव हेर्न आउने दर्शकहरुको लागि विभिन्न परिकार, मनोरन्जनात्मक गीत, संगीत तथा नाचगान, वालवालिकाकालाई मनोरन्जनका सामाग्रीहरु समेत राखिएको छ ।

C0104T01C0092T01C0102T01C0079T01


 C0064T01 1C0059T01C0052T01C0057T01