सिरहा,चैत्र २९ गते । सिरहाको लहान नगरपालिका वडा नं. १२ र २२ स्थित पौराणिक ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारीमा प्रत्येक वर्ष बैशाख १ गते भव्यताका साथ लाग्ने मेलाको सम्पूर्ण तयारी लगभग पूरा भएको मेला समितिले जानकारी दिएको छ । 

देश विदेशबाट असंख्य रुपमा मेला भर्न आउनेहरुको सुरक्षाको लागि सुरक्षा व्यवस्थामा कडाई गरिएको छ भने फुलबारीको हारमको बोटमा माला आकारको फुल हेर्न र त्यस वरिपरि रहेको मठ मन्दिर तथा बनाइएको मूर्तिहरुको दर्शन तथा पूजा पाठ गर्नेहरुको लागि यसपल्ट विशेष व्यवस्था गरिएको जनाइएको छ । 

vlcsnap-2024-04-11-17h07m04s043 1

जथाभावी पसलहरु राखिंदा दर्शन गर्न तथा अवलोकन गर्न आउने श्रद्धालु भक्तजनलाई असहजतालाई ध्यानमा राखि फुलबारी मेलाभित्र पसलहरु राख्न दिएको छैन भने बाहिर ठाउँहरुलाई पनि व्यवस्थित गरिएको छ । मेला भर्न तथा पूजा पाठ गर्न आउनेहरुको  सहजताको लागि महिला तथा पूरुषहरुको छुट्टा छुट्टै लाइन समेत बनाएको पूजारी जितेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

लहानबाट करिव पाँच किलोमिटर पश्चिममा पर्ने सलहेश फुलबारीमा प्रत्येक वैशाख १ गते हारमको बोटमा फुल्ने माला आकारको फुल हेर्न देश विदेशबाट मानिसहरु आइरिने गरेको छ । त्यस दिन यहाँ भव्य मेला समेत लाग्ने गरेको छ । 

vlcsnap-2024-04-11-17h06m12s618 1vlcsnap-2024-04-11-17h04m50s363 1vlcsnap-2024-04-11-17h05m12s084 1vlcsnap-2024-04-11-17h06m50s232 1