सिरहा,चैत्र १२ गते । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै रंगहरूको पर्व होली अर्थात फागु पर्व आज तराई मधेशका जिल्लाहरूमा धुमधामसँग मनाइँदै छ ।

आज विहानैदेखि सिरहाको के चोक, के गाउँ सबै ठाउँमा होलीले रौनकता छाएको छ । होलीको गीत संगीतले सिरहाको गाउँ चोकहरु गुन्जयमान भएको छ । के केटा केटी के वृद्ध सबैलाई होलीको रौनकताले छोएको सबैले एक अर्कामा रंग अबिर छापाछापले सबैको शरीर र अनुहारहरु रंगिएको देखिएको छ । 

vlcsnap-2024-03-25-17h47m57s855

आफ्ना कला संस्कृतिलाई जोगाउँदै विशेषतः ग्रामीण भेगका बुढापाका एवम् युवाहरुले होलीका गीतहरु स्थानीय बाजागाजासहित बडो उल्लासमय तरिकाले गाइरहेको छ । 

सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएकोले विगतका वर्ष भन्दा यस वर्ष होलीको रौनकता बढी छ ।

vlcsnap-2024-03-25-17h49m46s513vlcsnap-2024-03-25-17h44m49s250vlcsnap-2024-03-25-17h46m49s722