सिरहा,चैत्र ११ गते । सिरहाको लहानमा रहेका डायनामीक कोचिङ्ग सेन्टरले लोक सेवा तथा शिक्षक सेवामा नाम निकाल्न सफल विद्यार्थीहरलाई एक कार्यक्रम विच सम्मान गरी विदाई गरेका छन् ।

अध्यन पश्चात निजामती कर्मचारी तथा शिक्षक सेवा तर्फ नाम निकाल्न सफल पचास जना भन्दा बढी विद्यार्थीहरुलाई डायनामिक कोचिङ्ग सेन्टरका संस्थापक सत्यनारायण चैधरीले सम्मान सहित विदाई गरेको हो ।

अहिलेकोे परिवेशमा लोक सेवा फलामको च्युरा रहेको बताउदै डायनामिक कोचिङ्ग सेन्टरले अध्यन गर्न चाहने गरीव,दलित र आर्थिक अवस्था कमजोर भएकाले पनि लोक सेवाको तयारीका लगि दुरदराज जनुपर्ने बाध्यता हटेको विशिष्ठ अतिथि लहान एभरेष्ट क्यामपसका संस्थापक धरनीधर अधिकारीले बताउनु भयो ।

सम्मान तथा विदाई समारोहको अवसरमा लोक सेवा भनेको लक सेवा  रहेको जनाउदै नेपाल सरकारको निजामती तथा शिक्षक सेवाका लागि कडा मिहिनेत संगै धैर्य गरी लोक सेवा दियो भने अवश्य सफल हुने प्रशिक्षक तथा यातायात व्यवस्था कार्यालय लहानका शाखा अधिकृत सुनिल पासवानले जनाउनु भयो । 

२०७६ सालमा स्थापना भएको कोचिङ्ग सेन्टरमा सिरहा,सप्तरी र उदयपुर जिल्लाका विद्यार्थीहरु अध्यन गरीरहेको संस्थापक सदस्य तथा प्रशिक्षक महेश चौधरीले उल्लेख गर्नु भयो ।

सम्मान तथा विदाई कार्यक्रममा अतिथिहरुलाई मायाको चिनोले सम्मान गरेका थिए ।

कार्यक्रममा लहान एभरेष्ट क्याम्पसका संस्थापक धरनिधर अधिकारी,साईपल कलेजका शम्भु साह, शलहेस क्यामपसका विनोद साह लगायत विद्यार्थी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

1vlcsnap-2024-03-24-18h55m01s707