सिरहा,चैत्र ३ गते । सिरहाको लहानमा रहेको श्री पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वाको स्थापनाको ७५ औं वर्षको अवसरमा आयोजित हीरक जयन्त कार्यक्रमको उद्घाटन आज सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको छ ।

७५ औं हीरक जयन्तीको उद्घाटन गर्नुहुँदै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय स्तरमा संचालित पुरानो विद्यालयले सात दशक भन्दा बढी समयदेखि सरल र सुलभ तरिकाले गुणस्तरीय शिक्षा दिई यस क्षेत्रको शैक्षिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक लगायतको क्षेत्रमा पुर्याएको योगदानको आफूले सह्रना गरेको वताउनुभयो । 

स्थानीय स्तरमा संचालित यस विद्यालयले भविष्यमा अभिभावकहरुको चाहना अनुसार शैक्षिक गुणस्तरीयता कायम गर्दै विद्यालयबाट शिक्षित भएका विद्यार्थीहरुले देशको सान र गौरवलाई उज्जवल बनाउन योगदान गरोस् भन्ने आफूले आशा र विश्वास लिएको राष्ट्रपति पौडेलले व्यक्त गर्नुभयो । 

vlcsnap-2024-03-16-16h52m09s472

विद्यालय संचालनको लागि जग्गा दान गर्ने हरिलाल चौधरी, अचमितलाल चौधरी, नन्दीलाल चौधरी, धर्मनाथ चौधरी, प्रेमलाल चौधरी, सूर्यनारायण चौधरी र पद्म बहादुर चौधरीका परिवारहरुलाई राष्ट्रपति पौडेलले सम्मान गर्नुको साथै मृत्युवरण भएका जग्गा दाताहरुको बनाइएको प्रतिमालाई राष्ट्रपतिदारा अनावरण समेत गरिएको थियो । 

स्थानीय स्तरमा संचालित श्री पशुपति आदर्श माध्यमिक विद्यालयमा हाल करिव एक हजार चार सय विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका शिक्षक शोभितलाल चौधरीले  जानकारी दिएको छ ।

हीरक जयन्ती कार्यक्रममा मधेश प्रदेशका कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने, माननीय सांसद् तेजुलाल चौधरी, पूर्व सांसद् पद्मलाल चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको स्वागत विद्यालयका प्रधानाध्यापक डा.महेन्द्र प्रसाद चौधरीले गरेका थिए ।

vlcsnap-2024-03-16-17h23m56s855

vlcsnap-2024-03-16-16h53m33s724vlcsnap-2024-03-16-17h05m14s445vlcsnap-2024-03-16-17h06m22s779vlcsnap-2024-03-16-17h10m45s411vlcsnap-2024-03-16-17h07m45s751vlcsnap-2024-03-16-17h10m10s972vlcsnap-2024-03-16-17h08m07s077