सिरहा,चैत्र १ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ४ मा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले विपन्न परिवारको जीवन निर्वाहमा सहयोग पुर्याउने उद्देश्यले उन्नत (बोयर) जात को करिव १८ लाख मूल्य बराबरको एक सय वटा बाख्रा वितरण गरेको छ । 

नश्ल सुधारसँगै जीवन निर्वाहमा सहयोग पुग्ने उद्देश्य संस्थासँग आवद्ध समूहका पचास जनालाई जनही दुई वटाको दरले सो संख्याको बाख्रा निःशुल्क रुपमा वितरण गरिएको संस्थाले जनाएको छ । 

संस्थाले उपलब्ध गराएको बाख्रा वितरण गर्नुहुँदै धनगढीमाई नगरपालिकाका नगरउपप्रमुख संगीता चौधरीले विपन्न परिवारलाई वितरित बाख्रा पालनले विपन्न परिवारलाई आय स्तरमा वृद्धि हुने जनाउनुभयो ।

विभिन्न आयमुलक, सिपमुलकसँगै रुपमा वितरित बाख्राले आफूहरुको आय स्तरमा वृद्धि हुने समूहका सदस्यहरुले वताएका छन् । 

मधेश प्रदेशको आठ जिल्ला मध्ये सात वटा जिल्लामा संचालित योजनाले विपन्न परिवारको लागि विभिन्न आयमुलक, सिप मुलक लगायतका कार्यक्रम संचालन गर्दै आएको छ । 

सिरहा जिल्लाको सत्र वटा स्थानीय तहमध्ये लहान, धनगढी, सिरहा, अर्नमा, विसनपुरा, कर्जन्हामा, मिर्चैयामा विगत पाँच वर्षदेखि कार्यक्रम संचालन गर्दै आएको आयोजनाका कर्मचारी प्रकाश खड्काले जानकारी दिनुभयो ।

vlcsnap-2024-03-14-17h08m59s655