सिरहा,माघ २६ गते । एक अर्काबीचको सुमधुर सम्बन्ध नबनिरहेको अहिलेको समाजमा चौदह परिवारका सदस्यहरु एकै ठाउँमा बस्नु पत्यार नलाग्न सक्छ तर महोत्तरी जिल्लाको बर्दिवासमा संचालित कम्युन उन्मुख आधारशिला सामाजिक रुपान्तरणको अभियानमा विगत एक्काईस वर्षदेखि एउटै परिवार भएर एकै ठाउँमा बसेका छन् । 

महोत्तरी जिल्लाको बर्दिवासस्थित गौरी डाँडामा संचालित कम्युन उन्मुख संस्था आधारशिलाले २१ औं वर्ष पार गरी २२ औं वर्षमा प्रवेश गरेको छ ।

नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवम् नेपाल सरकारका उप प्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आधारशिलाका संरक्षक समेत हुनुहुन्छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले उपभोक्तावादको विगविगी तथा भ्रष्टीकरण एवम् व्यक्तिवादले जर्जर बनाएको सामाजमा सामाजिक रुपान्तरणको अभियानको लागि संचालित आधारशिला जस्ता संस्था देशैभरी खडा गर्नुपर्ने वताउनुभयो । 

C0048T01

त्यसबेला वामपन्थी आन्दोलनमा अतुलनीय योगदान पुर्याउँदै आउनुभएका व्यक्तित्वहरु चित्र बहादुर के.सी., घनश्याम शर्मा पौड्याल, ईश्वरी दाहाल, शान्ता मानवी, रामेश्वर गोईत लगायतलाई सम्मान गर्नुभएको थियो । 

व्यक्तिगत स्वार्थमा तल्लीन अहिलेको समाजमा व्यक्तिगत जीवनलाई त्यागी सामूहिक जीवनमा होमिएका आधारशिला परिवारले समाज परिवर्तनमा पुर्याएको योगदान सबैको प्रेरणाको श्रोत बनेको अतिथि वक्ताहरुले उल्लेख गर्नुभयो ।  

२०५९ साल माघ २५ गते सिरहाको गोलबजारमा संचालित आधारशिला प्राविधिक कठिनाईका कारण केही वर्षपछि महोत्तरी जिल्लाको बर्दिवास सरेका थिए । अहिले आधारशिलामा गिरिराजमणि पोखरेल, दीप बहादुर योन्जन, माधव कोइराला, इन्द्र लामा, पेशल खतिवडा, हरिनारायण चौधरी लगायत १४ परिवारको सामूहिक बसाई रहेको छ ।

C0001T01