सप्तरी,माघ २४ गते । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. ५ कुसहास्थित खेल मैदानमा संचालित प्रथम मेयर गोल्डकप फुटबल प्रतियोगितामा वीरगंज युनाईटेड पर्सालाई पछि पार्दै बेंखाडी युवा क्लब वर्दीवास विजयी भएको छ ।

खेलको समयावधिभित्र कुनै पनि टिमले जित हासिल गर्न नसकेपछि ट्राइब्रेकरमा खेलाइएको खेलमा वीरगंज युनाईटेड पर्सालाई चार गोलका विरुद्ध पाँच गोलले बेंखाडी युवा क्लव बर्दिवास विजयी भएका हुन। 

आयोजकले प्रथम विजेता बेंखाडी युवा क्लव बर्दिवासलाई पचहत्तर हजार एक सय एक रुपैया र दोस्रो विजेता विरगंज युनाईटेड लाई एकाउन्न हजार एक सय एक रुपैया नगद ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

विजय टिमलाई पुरस्कार प्रदान गर्दै सुरुङ्गा नगरपालिकाको नगर प्रमुख गीता चौधरीले खेलको माध्यमबाट बेरोजगारी युवालाई रोजगारी सिर्जना गर्दै खेलको माध्यमबाट कुलतमा फसेका युवालाई सुधार्न सकिने मनसायले नगरपालिकाले खेलको आयोजना गरेको वताउनुभयो । 

सुरुङ्गा नगरपालिकाको प्रायोजन तथा स्पोर्टस् एकेडमी कुसहाद्वारा माघ १६ गते देखी सञ्चालित प्रतियोगितामा मधेश प्रदेश र कोशी प्रदेशका आठ वटा क्लवका खेलाडीहरुको सहभागिता रहेको थियो । 


C0151T01 C0146T01C0073T01