सिरहा,माघ २४ गते । सिरहाको लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्रांगणमा २२ गते देखि दोस्रो लहान मेयर गोल्डकप शुरु भएको छ । 

लहान नगरपालिकाको नगर प्रमुख महेश प्रसाद चौधरीले खेलको उद्घाटन गर्नुहुँदै खेलको माध्यमबाट युवाहरुलाई जार्गित गर्नुको साथै कुलतमा लागेकालाई सही दिशामा ल्याउने खेलको महत्वपूर्ण भूमिका रहने भएकाले खेलको आयोजना गरेको जनाउनुभयो । 

C0031T01

प्रतियोगितामा नेपालभरिका ९ वटा फुटबल टिमले प्रतिस्पर्धा गर्दैछ । फाल्गुन एक गते अन्तिम प्रतिस्पर्धा गराइने खेलमा प्रथम, द्वितीय हुने टिमलाई क्रमशः तीन लाख र एक लाख पचास हजार नगदसहित शिल्ड, मेडल प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

लहान नगरपालिका प्रायोजन र स्थानीय हिम कस्तुरी युवा कल्व लहानले आयोजना गरेको उक्त प्रतियोगिताको नौ वटा टिमहरु हिम कस्तुरी युवा क्लव लहान, विराट मेघा एकेडमी विराटनगर, हेटौडा फुटवल एकेडमी मकवानपुर, धनकुटा फुटवल क्लव धनकुटा, चात्या सा पुस्तकालय दमक झापा, विरगंज युनाईटड विरगंज पर्सा, रियल एफ.सी. भक्तपुर, मित्र मिलन क्लव धरान र सलहेश युवा क्लव सिरहा रहेको जनाइएको छ ।

C0087T01