सिरहा,माघ १७ गते । सखुवा प्रजातिको चिरान एकसय क्यूविकफिटकाठ लोड गरिएको गाडीसहित चालकलाई सब डिभिजन वन कार्यालय बन्दीपुरले नियन्त्रणमा लिएको छ।

सब डिभिजन वन कार्यालय बन्दीपुरको गस्ती टोलिले कर्जन्हा नगरपालिका १ बल्टिाबाट ज १ च १५७३ नम्वरको अशोका लेल्याण्ड पिकप लोडगरी बन्दिपुर तर्फ ल्याउँदै गरको सखुवा प्रजातिको चिरान फेन्टा काठस हितका चालकलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय बन्दीपुरका वन अधिकृत मोहम्वद आबिद हुसेन नेतृत्वका वन कर्मचारीले गाडी, चालक र काठ नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय सिरहा, लहानलाई बुझाएको वन अधिकृत हुसेनले जानकारी दिए।

आवश्यक कागजात खोजतलास सहित यस सम्वन्धमा थप अनुसन्धान भई रहेको जनाएको छ। बन्दिपुरक्षेत्रबाट अवैधरुपमा धनुषा र सिरहाका विभिन्न क्षेत्रमा सखुवाका चिरानबाट बनेका सामाग्रिहरु जानेगरेको एक स्थानीयले जानकारी दिए। उनले भने, ‘यहाँ तस्करी गरेर सिरहा र धनुषाका विभिन्न ठाउँमा काठ पुर्याउने गरेको छ। प्रशासनलाई जानकारी भएपनि नियन्त्रणको खासै प्रयास भईरहेको छैन।’