सिरहा, माघ १३ गते । सिरहाको धनगढीमाई नगरपालिकास्थित निर्मल लामा कवर्ड हलमा संचालित प्रथम धनगढीमाई मधेश प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सात स्वर्ण पदक सहित आयोजक टिम प्रथम भएका । त्यसैगरी चार स्वर्ण पदक सहित धनुषा जिल्ला तेक्वाण्डो टिम दोस्रो र दुई स्वर्ण पदक सहित सर्लाही जिल्ला तेक्वान्दो टिम तेस्रो भएका छन् ।  

प्रतियोगितामा प्रथम हुनुभएका आयोजक टिम नगर स्तरीय तेक्वान्दो विकास समिति धनगढी सिरहाका सात स्वर्ण पदक विजेताहरु महिला तर्फ ३८ के.जी. तौल समूहका सन्तोषी कुमारी महतो र पुम्से तर्फ सोहाना सिंह दनुवार रहेका छन् भने पुरुषतर्फ ५० के.जी. सुदिप मगर, ५४ के.जी.का अनिष कुमार यादव, ४२ के.जी.का फुल बाबु चौधरी, ५८ के.जी.का निर्देश धिताल, ७१ के.जी.का रचित लामा रहेका छन् । 

त्यसैगरी चार स्वर्ण पदक सहित प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका धनुषा जिल्ला तेक्वान्दो टिमका चार स्वर्ण विजेता पुरुषतर्फ ३४ के.जी.का सिद्धार्थ मुखिया, ३१ के.जी.का आशिष कुमार साह, ६३ के.सी.का सक्ष्म साफी र पुरुष पुम्से तर्फ आदित्य कर्ण रहेका छन् । 

त्यस्तै दुई स्वर्ण सहित प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका सर्लाही जिल्ला तेक्वान्दो टिमका स्वर्ण विजेता महिला तर्फ ४२ के.जी रन्जु दास, २४ क.े.जी.का अंकित साह  रहेका छन् भने उत्कृष्ठ खेलाडीमा आयोजक टिमका सन्तोषी कुमारी महतो र धनुषा जिल्लाका सक्षम साफीलाई प्रदान गरिएको आयोजक टिमका रमेश कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

विजेताहरुलाई धनुगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतो र  राष्ट्रिय खेलकुद परिषदका उप निर्देशक टार्जन सुब्बा लगायतलेले गर्नुभएको थियो । 

धनगढीमाई नगरपालिका प्रायोजनमा नगर स्तरीय तेक्वान्दो विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा मधेश प्रदेशका आठ वटै जिल्ला र एउटा आयोजक टीम गरी ९ वटा टीमले प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा पुरुषतर्फ २४ के.जी. देखि ६३ किलो तौलसम्म र महिला तर्फ ३० के.जी. ५४ के.जी. तौलसम्मले प्रतियोगितामा भाग लिएका थिए । 

C0009T01C0006T01C0013T01