सिरहा,पुस ९ गते । मिटरव्याज बिरुद्धको संघर्ष समिति, नेपाल सिरहालेप्रमुखअधिकारीको नेतृत्वमा रहेको सहायताकक्षले प्रभावकारी कामगर्न नसकेको भन्दै उनीहरुले उच्च स्तरीय संयन्त्रनिर्माणको माँग गरेको छ । 

संघर्ष समितिले आजपत्रकार सम्मेलन गर्दैजिल्लाप्रशासनकार्यालयमागठित सहायताकक्षले प्रभाकारी ढङ्गले काम गर्न नसक्नुको साथै भएकानिर्णयहरु पनिकार्यान्वयनमा समस्याभइरहेको वताउँदै मिटरव्याज पीडितको समस्याकिनारा लगाउनउच्च स्तरीय संयन्त्रहुनुको विकल्प नरहेको वताएका छन् । 

पत्रकार सम्मेलनमा समितिका संयोजकमनोज कुमारपासवानले हाम्राउचितमाँगहरु तत्कालकार्यान्वयननभए अझै सशक्तआन्दोलनमाउत्रिनबाध्यहुने बताए ।

समितिले अनुचित लेनदेन ( सम्बनधी परेका उजुरी किनारा नलागुञ्जेल साहु महाजनले अदातलमाहालेका लेनदेन सम्वन्धि मुद्दा तत्काल रोकिनुपर्ने, वडा कार्यालयमाहुने कपालीतमसुक प्रमाणिकरण र दर्ता प्रकृयाको निगरानीगरिनुपर्ने, ठूला मिटरव्याजीलाई कानुनीकार्वाहीगरिनु पर्ने, आयोग र जिल्ला सहायताकक्षमा पीडित र साहु महाजनबिचभएका सहमतितत्कालकार्यान्वयनहुनुपर्ने र सरकार र संघर्ष समितिविचभएको पाँचबुदे सहमतिअक्षरसः पालना गर्नुपर्ने माँग राखेका छन्।

सरकारले मिटरब्याजजाँजबुझआयोग गठन पश्चात २८ हजारभन्दा बढी पीडितहरुको उजुरी परेको छ। आयोगकाअनुसार देशभर परेका उजुरीको आधारमा छलफल गर्दा पाँच अर्ब ५७ करोड १९ लाख रुपैयाँ बराबर खुलेको लेखिएपनि साहुले ७ अर्ब ६२ करोड ८० लाखअसुल्नखोजेको पत्रकार सम्मेलनमावितरीत प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ। जसमध्ये एक अर्व ७२ करोड ८६ लाख रुपैँयाबजारर ऋणी र पीडित विच सहमतिभएको छ।आयोगमार्फत दुई सय १८बिघा १० कठ्ठा७ धुर जग्गा सम्वन्धित पीडितकोमाफिर्ता समेत आएको जनाइएको छ ।