सिरहा,मंसिर १ गते । आफनै घरमा लुकाई राखेको लागु औषध सहित लहानबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लहान नगरपालिका–१९ बस्ने २२ वर्षीय बिजय महतोलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ६० पिस र साइप्रोन १६ पीससहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महतो आफ्नै बुवासँग विवाद गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले कोठामा रहेको सिरानीको खोलभित्र लुकाई राखेको उक्त लागूऔषध बरामद गरी उनलाई पक्राउ गरेको हो ।
सो सम्वन्धि आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



















