सिरहा,कार्तिक २१ गते । भुपालमान सिंह कार्की प्रज्ञापरिषद्ले रुकुम पश्चिममा आएको भूकम्प पिडितका लागी दश लाख रुपैया राहत उपलब्ध गराएका छन् ।

प्रज्ञापरिषद्ले जाजरकोट र रूकुम पश्चिममा आएको भूकम्पका कारण मानवीय र भौतिक क्षति भएका लगायत त्यस क्षेत्रका पीडितहरुका लागि दश लाख रुपैया दिईएका हुन ।

भूपाल प्रज्ञापरिषद्का अध्यक्ष श्री लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सो निर्णय गरी  भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का कोषाध्यक्ष प्रा.डा.बालमानसिंह कार्कीले आजै उपप्रधान मन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १० लाख रुपैयाको चेक दिइएका हुन् ।

शुक्रवार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । 

भूकम्पका परी १५१ जनाको मृत्यु भएको छ । २ सय भन्दा बढी घाइते भएका छन । दुवै जिल्लाका सयौ घरपरिवार घरवार विहिदन बनेका छन् ।