सिरहा,१९ असोज । सिरहाको कल्याणपुर नगरपालिकाको २०७९।०८० को आय व्ययको माग गर्दै पाँच दिनदेखि चलिरहेको आन्दोलन आज पनि जारी छ । आन्दोलनले दिनदिनै उग्र रुप लिन थालेको छ । आन्दोलनले उग्र रुप लिएपछि पटक पटक प्रहरी र असन्तुष्ट जनप्रतिनिधि र स्थानीयबीच दिनहुँजसो झडप भइरहेको छ । झडपमा केही प्रहरी र आन्दोलनकारी समेत घाइते भएका छन् । 

आन्दोलनकारीहरुले नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरी झ्यालका सिसाहरु फुटाउनुको साथै भौतिक संरचनाहरुमा समेत क्षति पुगाएको नगरपालिकाले जनाएको छ । आन्दोलनको कारण विगत पाँच दिनदेखि कार्यालयको कामकाज समेत ठप्प भएको छ । 


4

नगरप्रमुख रामपुकार साहले नगरपालिकाको बजेटमा अनियमितता गरेकोले आर्थिक वर्ष २०७९।०८० को आय व्यय सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने असन्तुष्ट पक्षले बताएका छन् भने नगरपालिकाका नगरप्रमुख रामपुकार साहले आन्दोलन फिर्ता नलिउन्जेलसम्म हरहिसाव सार्वजनिक नगर्ने अडानमा रहेका छन् ।  

१२ वटा वडा रहेको नगरपालिकामा ६ वटा वडाका जनप्रतिनिधिहरु नगरपालिकाको बजेट अनियमितताको आरोप लगाउँदै आन्दोलनमा उत्रिएको वताइएको छ ।

2 1