अनुभक्त चौधरी

सिरहा,भदौ १३ गते ।नेकपा एमाले का अध्यक्ष केपीशर्मा ओलीले बर्तमान सरकार आफै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको छ ।

सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १४ सर्रे अम्बास स्थित नेकपाको ७५ औं स्थापना दिबसको एतिहासिक अवसरमा नेकपा एमालेको चौथो रास्ट्रीय माहाधिबेशन सचिवालय बैठक पछि आयोजित सम्मान कार्यक्रममा बोल्नुहुँदै  अध्यक्ष ओलिले सुनकाण्ड लगायतअन्य भ्रष्टाचारको  काण्डमा सरकार लिप्त रहेको आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले आफ्नो पार्टीका नेताहरुलाई फसाउन जलहरि काण्ड देखी टि स्टेट सम्मको काण्डहरुलाइ उचालेर मूख्य घटनालाई दवाउन खोजेको वताउनुहुँदै उहाँले सरकारको हिम्मत छ भने सबै काण्ड उचालोस, अन्य पार्टीका एउटा नेतापनिबच्ने छैन, सबै खोर भित्रहुने आरोप लगाउनुभयो ।

C0057T01

नेकपा एमालेको चौथो ऐतिहासिक राष्ट्रिय सम्मेलन भएकै घरमाआजबुधबार केन्द्रिय सचिवालय बैठक विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्नभएको छ ।

बैठकले यस ऐतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरूको भावना र सङ्कल्पलाई प्रेरित गर्ने गरी जनता सँग मिलेर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने निर्णय भएको पोलिटव्यूरो सदस्य लिलानाथ श्रेष्ठले बताए।

सचिवालय बैठकले पछिल्लो समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको ठहरगर्दै समाज र राजनीतिमा देखापरेका विकृति, विसङ्गति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवम् अस्थिरताले हाम्रो आन्दोलनमाथिनयाँचुनौतीथपिदिएकोविज्ञप्तीमा उल्लेख गरिएको छ।

आजै बैठक स्थलमामदन भण्डारीको स्तम्भबनाउने निर्णयसँगै शिल्यान्यास समेत भएको छ। स्तम्भको शिल्यान्यास पार्टी अध्यक्ष केपीशर्मा ओलीले गर्नुभएको छ ।

C0081T01

२०४८ भदौ ९ देखि १४ गते तत्कालिन नेकपा (माले) को चौथो राष्ट्रिय सम्मेलन सो ठाउँमा सम्पन्नभएको थियो । सोही बैठकबाट जनताको बहुदलीयजनवादको नारा समेत तय भएकोथियो तर सो ठाउँ ३६ वर्ष जुनअवस्थामाथियो अहिले पनि सोही अवस्थामा जस्ताको तस्तै छ । निवर्तमाननगरप्रमुख हरिनारायण चौधरीले सो ठाउँलाई विशेष महत्वका साथ संरक्षणका विविधविकास निर्माण लगायत सो ठाउँसम्मको पहुँचको बाटो घाटो, विजुली, झोलुंगे पुललगायतकाविकास निर्माण गरे पनिहालकाजनप्रतिनिधिएमालेबाट निर्वाचितभएपनि सो ठाउँलाई वेवास्ता गर्दै आएको छ । 

C0094T01C0064T01