सिरहा,चैत्र ८ गते। सिरहाको लहानस्थित जिल्ला रक्तसंचार सेवा केन्द्र लहान आर्थिक समस्याले ग्रस्तका कारण जनतालाई प्रदान गर्नुपर्ने सेवामा कमी आएको छ । 

सिरहा, सप्तरी, धनुषा र सिन्धुली जिल्लासम्मका विरामीलाई ब्लड सेवा प्रदान गर्दै आएका रक्त संचार सेवा केन्द्र लहानमा आर्थिक तथा उपकरणको अभावमा प्रदान गर्ने सेवामा समस्या भइरहेको प्रयोगशाला प्रमुख प्रदीपकुमार यादवले बताउनुभयो । 

चार जना प्राविधिकचाहिने भएपनि हाल दुई जना मात्र कार्यरत छन् । आर्थिक अभावका कारण प्राविधिकहरु पनि थपिन नसकिएको हो । बाहिरी आर्थिक सहयोगको अभावले गर्दा संचार सेवा शुल्कको भरमा सेवा केन्द्र संचालन गर्नुपर्ने वाध्यता छ । जनतालाई सर्वसुलभ तरिकाले सेवा पुर्याउन सेवा केन्द्रमा मोवाइल कलेक्सन भ्यान र कम्पोनेन्ट मेशिन अति आवश्यक छ । कम्पोनेन्ट मेशिनको अभावमाच्द्यद्यक्, ध्द्यऋ, एबित बितभ छुट्याएर विरामीलाई ब्लड प्रदान गर्नुपर्ने भएपनि सो गर्न नसकिंदा होल ब्लड दिनुपर्ने वाध्यता रहेको जनाइएको छ । सो मेशिनजनकपुर र विराटनगरमा मात्र उपलब्ध छ ।