सिरहा,मंसिर ५ गते ।चार वटा निर्वाचन क्षेत्र रहेको सिरहामा विशेषतः गठबन्धनहरुबीच विवादका कारण सिरहाको कुनै पनि क्षेत्रमा हालसम्म मतगणना शुरु हुन सकेन । यद्यपि मतगणनाको सबै तयारी भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तथा समानुपातिकका एकै पटक मतगणना गर्नुपर्ने, वडाहरु मतपेटिका एक आपस वडामा मिसाउनु नपर्ने लगायतका विवादका कारण विहानदेखि पटक पटक बसेको सर्वदलीय बैठक विना निश्कर्षका कारण हालसम्म मतगणना शुरु हुन सकेको छैन । अझै दलहरुबीच सर्वदलीय बैठक बसिरहेकाले समझदारी हुने वित्तिकै मतगणना शुरु हुने जनाएको छ । 

vlcsnap-2022-11-21-18h29m19s057

हिजो सम्पन्न मतदानमा सिरहाको चारै वटा क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । चार लाख बाइस हजार सात सय १२ मतदाता रहेको सिरहामा ६५ देखि ७० प्रतिशत मतदान भएको निर्वाचन कार्यालय सिरहाले जनाएको छ । 

सिरहाको चारै वटा निर्वाचन क्षेत्रको छुट्टाछुट्टै एक नम्बरको लहानस्थित दुलीचन्द शारदा अतिथि सदन, दुई नम्बर निर्वाचन क्षेत्रको धनगढीमाई नगरपालिकाको प्रशासकीय भवन, ३ नं. निर्वाचन क्षेत्रको च.मा.वि. सिरहा र ४ नं. क्षेत्रको मोहन मा.वि.मा मत गणना हुँदैछ ।

vlcsnap-2022-11-21-18h29m28s439 

vlcsnap-2022-11-21-18h29m55s284