सिरहा,कार्तिक ३० गते । सिरहाको धनगढीमाई नगरपालिकाको वाडा नं.५ मा विभिन्न पार्टी परित्याग गरी दर्जनौ संख्यामा नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेले बुधवार सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ जयपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र धनगढीमाई नगरपालिका वडा नम्बर ५ का  राम नाथ महतो, मलुक महतोे, वडा नम्बर ४ का इन्चार्ज सुरेश महतो ,  सिहेश्वर महतो लगायतका  दुई दर्जन बढी एमाले प्रवेश गरेका हो ।

315518067_446428564338361_8988307078091888467_n

उनीहरुलाई एमालेका मधेश प्रदेश सह ईन्चार्ज तथा पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिला नाथ श्रेष्ठले माला तथा रातो टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।


पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष राम औतार यादव, नेकपा एमालेका नगर अध्यक्ष मनोज कुमार यादव, नगर सदस्य राम सागर यादव र सिरहा क्षेत्र नम्बर २ (ख) का उम्मेदवार शत्रुधन महतो लगायतको नेताहरुको उपस्थती रहेको थियो । स्थानियतह चुनाबमा पार्टी नियम विपरित कार्य गरेकोले धनगढीमाई नगरपालिका नेकपा माऔवादी केन्द्रले रामनाथ महतो र सिंहहेश्वर महातो लगायतका कार्यकर्तालाई कारवाही गरेका थिए ।