जनकपुरधाम, २६ बैशाख । मधेश प्रदेश मिडिया काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यम आचार संहिता मधेश प्रदेश २०७९ आज सार्वजनिक गरेको छ । 

जनकपुरधाममा आज आयोजित एक कार्यक्रममा बीच मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले सो आचार संहिता सार्वजनिक गर्नुभयो । 

आचार संहिता सार्वजनिक गर्दै मन्त्री साहले बिगतमा बनेको प्रदेश सञ्चार ऐन २०७७ मा त्रुटीहरु देखिएकोले ऐन संशोधन विद्येयक प्रदेशसभामा पेश गरेको बताउनुभयो । 

ऐन संशोधन विद्येयकमा पत्रकारहरु केही सुझाब आए त्यसलाई पनि समेटिने प्रतिबद्धता समेत मन्त्री साहले व्यक्त गर्नुभयो । 

नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिताको मूलमर्मलाई आत्मसात गरी प्रदेशका पत्रकारहरुको सुझाब सल्लाहमा पत्रकार तथा सञ्चारमाध्यम आचार संहिता मधेश प्रदेश २०७९ तयार पारेको मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिबहरि भट्टराईले बताउनुभयो ।