X wada

स्थानिय

    Showing ८७१-८८० of १,३२२ items.
  • विद्यार्थीलक्षित ‘मोडर्ना’ खोप दिइँदै

    महोत्तरी, माघ २४ गते –  कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने बताए पनि जिल्लामा भने आजदेखि सुरु गरिएको हो । स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिनुभयो । जिल्लाका १५ स्थानीयतहमध्ये पाँच नगरपालिका र तीन गाउँपालिकाका विद्यालयमा अध्ययतरत विद्यार्थीलाई खोप लगाइने छ । आज खोप लगाउन थालिएका विद्यालय बलबा, मटिहानी, मनराशिश्वा, लोहारपट्टी र जलेश्वर नगरपालिका एवं एकडारा, पिपरा र महोत्तरी ग

    • प्रकाशित मितिः माघ २४, २०७८
    • २३९ पटक पढिएको
  • नक्कली प्रहरी पक्राउ

    सिरहा,माघ २४ गते  । सिरहामा  एक जना नक्कली प्रहरी पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले आफूलाई प्रहरी निरीक्षक बताउने नक्कली प्रहरीलाई पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका–१ घर भई हाल काठमाडौं  महानगरपालिका–४ मण्डिखाटार बस्दै आएका ३२ वर्षीय अशिम गुरुङलाई पक्राउ गरिएको जिप्रका सिरहाका सूचना अधिकारी सुभाष बुढाथोकीले जानकारी दिए । पक्राउ परेका गुरुंगको साथबाट प्रहरीले लागुऔषध समेत बरामद गरेको छ ।गुरुंगलाई शुक्रबार सिरहा नगरपालिका– ७मा रहेको युवराज डिलक्सको बस काउण्टरमा प्रहरी हुँ भनी धम्की दिँदै गर्दा पक्राउ गरिएको थियो भने आइतबार उनलाई पत्रकार सम्मेलन

    • प्रकाशित मितिः माघ २४, २०७८
    • १४३ पटक पढिएको
  • अधिकृतमाथि स्थानीय युवाद्वारा हातपात

    सिरहा,माघ २४ गते – धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादवमाथि आइतबार स्थानीय युवाहरूको एक समूहले हातपात गरेका छन् ।प्रदेश २–०२१–झ ००६७८ नम्बरको गाडीमा सवार भएर शहीदनगर नगरपालिकाको कार्यालय तर्फ जाँदै गर्दा स्थानीय केही युवाको एक समूहले प्रमुख प्रशासकीय अधिकृत यादवमाथि हातपात गरेका हुन् । नगरपालिकाको विभिन्न योजनाहरूमा भएको भ्रष्टाचारमा प्रशासकीय अधिकृतको समेत संलग्नता रहेको भन्दै आक्रोशित युवाहरूले यदुकूहा चोकमा उनी सवार गाडीलाई घेरेर हातपात गरेका थिए ।अधिकृत यादव सवार गाडीलाई घेरेर स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।  प्रहरी आए लगतै हात

    • प्रकाशित मितिः माघ २४, २०७८
    • २१८ पटक पढिएको
  • भोली निर्वाचन मिति घोषणाको तयारी

    काठमाडौं,माघ २३ गते –  सरकारले भोलि सोमबार निर्वाचन मिति घोषणाको तयारी गरेको छ । सरकारले सोमबार बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको हो । सम्भवतः सोमबार बस्ने बैठकले निर्वाचनको मितिबारे निर्णय गर्ने एक मन्त्रीले अन्नपूर्णलाई बताए ।उनले भने, ुअब बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति तोक्छ । सम्भवतः भोलि बस्ने बैठकले जेठ ४ गते चुनाव गर्नेबारे निर्णय गर्छ। ’ यसअघि आयोगले जेठ ४ मा स्थानीय तहको चुनाव गर्न सकिने प्रस्ताव सरकारसमक्ष सिफारिस गरेको थियो। आयोगले ७ सय ५३ वटै स्थानीय तहको चुनाव एकै चरणमा गर्न प्रस्ताव गरेको थियो।

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १६० पटक पढिएको
  • मधेस प्रदेश सरकारद्वारा किसानलाई राहत दिने तयारी

    जनकपुरधाम,माघ २३ गते –  माघ २३ गते । मधेस प्रदेश सरकारले बेमौसमी वर्षाबाट पीडित किसानलाई बल्ल राहत दिने तयारी गरेको छ । गत कात्तिकको अन्त्यतिर भएको वर्षाका कारण प्रदेशका विभिन्न जिल्लाका धानबालीमा ठूलो क्षति पु-याएको थियो ।“बेमौसमी वर्षाका कारण पीडित किसानलाई राहत वितरणको तयारी सुरुआत गरेका छौँ”, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले भन्नुभयो, “यसका लागि निर्देशिका तयारी भइसकेको छ, तथ्याङ्क सङ्कलनको काम जारी छ ।” सबै जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई पीडित किसानको नाम, क्षतिको विवरण र बैंक खाता पठाइदिन पत्राचार गरिसकेका उहाँको भनाइ छ । स्थानीय तहहरूबा

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १६४ पटक पढिएको
  • मधेश प्रदेशमा थपिए एक राज्यमन्त्री

    जनकपुरधाम,माघ २३ गते –  मधेश प्रदेशमा एक राज्यमन्त्री थपिएका छन्। मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन राज्य मन्त्रीमा नेकपा एकीकृत समाजवादीका नागेन्द्र राय यादवलाई नियुक्त गरेका हुन्। मुख्यमन्त्री राउतले प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा यादवलाई शपथ ग्रहण गराएका हुन्। राज्यमन्त्री बनेका यादव रौतहटको निर्वाचन क्षेत्र ३ ९क० बाट निर्वाचित भएका हुन्। यसअघि मन्त्रालयमा राज्य मन्त्रीको रुपमा सुरेश मण्डल रहेका थिए। पार्टी विभाजनअघि मुख्यमन्त्री राउतले उनलाई पदमुक्त गरेका थिए।मन्त्रालय टुक्राएपछि मंसिर ५ गते नेकपा एकीकृत समाजवादीका शत्रुधन महतोको नेतृत्वमा नेकपा एस सरकार

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १९६ पटक पढिएको
  • आजदेखि देशभर मौसम सुधार हुने

    सिरहा,माघ २३ गते –  पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आइतबारदेखि सुधार हुने भएको छ। देशभर आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश नं १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।सोमबार प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रही देशका मध्य तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १६३ पटक पढिएको
  • मधेश प्रदेशका आयोग नाममै सीमित

    सिरहा,माघ २३ गते – मधेश प्रदेश सरकारबाट चार वर्षको अवधिमा गठन गरिएका अधिकांश आयोग नाममै सीमित देखिएको छ ।मुख्यतः भागवण्डा र नेतृत्व दलका आधारका व्यक्तिलाई आयोगका पदाधिकारीमा चयन गरिएकोमा कर्मचारी अभाव , ऐन जटिलता , सचिवहरुको स्वेच्छाचारी मनोभाव, संयोजन , कार्यालयको व्यवस्थापनको समस्याले आयोगहरु नाममै सीमित हुन पुगेको छ । नीति आयोग र लोक सेवा आयोग नीति , योजना निर्माणदेखि कर्मचारीको पदपूर्ति गर्न क्रियाशील भए पनि अन्य आयोग आपसमै संयोजनको अभाव , मार्गचित्रको अनभिज्ञताबाट आक्रान्त छ । यसकासाथै आमसञ्चार प्राधिकरण पनि केही गतिविधि गर्न जमर्को गरेको पाइएको छ । सरकारले प्राथमिकताका साथ गठन गरेको मधेश

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १६९ पटक पढिएको
  • यस पालि दुई दिन सरस्वती पूजा मनाइने

    सिरहा,माघ २३ गते – वसन्त पञ्चमीका दिन मनाइने सरस्वती पूजा यस पटक दुई दिन मनाइने भएको छ ।खास गरी विद्यार्थी, शिक्षकहरुले आस्थापूर्वक मनाउने यस वर्षको सरस्वती पूजा मधेश प्रदेशको विभिन्न जिल्लामा कतिपय ठाउँमा शनिबार मनाइएको छ भने कतिपय स्थानमा आइतबार मनाइने भएको छ । सरकारी र मिथिला क्यालेन्डरले सरस्वती पूजाको फरकरफरक तिथि देखाएपछि अलमलमा परेका कतिपयले शनिबार नै पूजा सम्पन्न गरेका छन् भने कतिपयले आइतबार गर्ने बताएका छन् । प्रदेशको राजधानी जनकपुरधाम सहित आसपासको क्षेत्रमा ठाउँ–ठाउँमा सरस्वती माताको प्रतिमा राखेर पूजा गरिंदै देखिएको छ भने कतिपय भक्तजनहरु आइतबारको लागि पूजा मनाउने तयारीमै व्यस्त देखि

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १५६ पटक पढिएको
  • नेपालमा सङ्क्रमणमुक्त हुने ९ लाख बढी

    सिरहा,माघ २२ गते । देशभर थप १ हजार ७१४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ५१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११०३ र एन्टिजेन विधिबाट ६११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यही अवधिमा थप ४७७१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ६३९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३।३ प्रतिशत रहेको छ । हाल देशभर ५२ हजार ७८० जना सक्रिय सङ्क्रमित रहेका छन् ।कोभिड–१९ को सङ्क्रमणबाट थप ९ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ८०३ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो

    • प्रकाशित मितिः माघ २२, २०७८
    • १९९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२