सिरहा, असोज २ गते । देशैभरी बडो श्रद्धापूर्वक पूजापाठ गरी मनाउने बाबा विश्वकर्मा पूजाको आज भक्तिपूर्वक समापन गरिंदैछ । उद्योग–व्यवसायको प्रगति, काममा सफलता तथा सुरक्षित कार्य वातावरणको कामना गरी मनाइने बाबा विश्वकर्माको प्रतिमालाई आज जलाशयमा गएर अन्त्य गरिरहेको छ । त्यस अवसरमा विश्वकर्मा भगवान्को विधिवत् पूजा, आरती तथा प्रसाद वितरण गरिएको आयोजकले जनाएको छ । विभिन्न उद्योग, कलकारखाना, व्यवसाय तथा प्राविधिक क्षेत्रमा प्रयोग हुने मेसिन, औजार र उपकरणको पूजा गरी विश्वकर्मा दिवस प्रत्येक वर्षको असोज १ गते मनाइँदै आएको छ ।
राजविराज, २६ भदौ ः पैसा अभावमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालबाट निकालिएकी सप्तरीकी एक दलित महिलाले अस्पताल परिसरनजिकै सडकछेउमा बच्चा जन्माएको घटनाप्रति अधिकारकर्मीले आपत्ति जनाएका छन् ।घटनाबारे स्थलगत अध्ययन गर्न राजविराज पुगेको दलित महिला सङ्घको टोलीले घटना अत्यन्तै दुःखद, संवेदनशील र खेदजनक भएको बताउँदै स्वास्थ्य सेवामा आर्थिक अभावकै कारण कुनै पनि गर्भवती महिलालाई उपचारबाट वञ्चित गर्न नहुनेमा जोड दिएको छ ।प्रसूति गराउन अस्पताल पुगेकी राजविराज नगरपालिका–१४ निवासी बबिताकुमारी पासवानलाई उपचारमा लाग्ने रकम तिर्न नसक्ने अवस्था रहेको भन्दै अस्पतालका कर्मचारीले घरमै गएर बच्चा जन्माउन भ
सिरहा,भदौ २४ गते । सशस्त्र प्रहरीले डेढ क्विन्टलभन्दाबढी प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको छ। जिल्लाको औरही गाउँ पालिका ४ इटाटारस्थित नेपाल–भारत सीमाक्षेत्रबाट एक क्विन्टल ५७ किलो २०७ ग्राम गाँजा सशस्त्र प्रहरीबल नेपाल नम्वर ७ गण हेड क्वाटर सिरहाको गस्ती टोलिले गएराती १ः ३५ बजे बरामद गरेको हो। टाउकोमा बोकेर नेपालबाट भारत तर्फ अवैधरुपमा लैजादै गरेको अवस्थामा टोलिलाई देखेर व्यक्तिहरु फरार भएको र उक्त प्रतिवन्धित लागु औषध गाँजा बरामद गरिएको नम्वर ७ गण प्रमुख एसपी सुमनजंग थापाले जानकारी दिए। उनले प्लाष्टिकमा प्याक गरि कपडाले बाँधेको ८ वटा गाँजाको पोका बरामद भएको बताए। नियन्त्रणमा लि
सिरहा, भदौ ३ गते । सिरहाको सुखीपुर स्थित सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध रूपमा ओसारपसार भइरहेको पाउडर दूध र मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।भदौ ३ गते बिहान ०२स्३० बजेको समयमा सुखीपुर वडा नं. ८ स्थित सडक खण्डबाट उक्त ओसारपोसार गर्दै गर्दा सिरहा बरियारपट्टी गाउँपालिका वडा नं। ३ बस्ने वर्ष २६ का रामदेवन यादवलाई ५ बोरा ‘सागर पाउडर दूध’ प्रयोग गरिएको स ९ प २५८३ नम्बरको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी सिरहाले जनाएको छ ।सशस्त्र प्रहरी बल, नेपाल सुखीपुर बेसबाट सशस्त्र प्रहरी निरीक्षक ९इन्स्पेक्टर० बीरेन्द्र कुमार यादवको कमान्डमा खटिएका टोली गण नं. ७ गण हे।
रामनारायण ठाकुर मिर्चैया,भदाै २ गते ।पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–६ स्थित मटियर्वा चोकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन्।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ८ ख ४१२४ नम्बरको ट्रकले ज. ७ प ५२५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।दुर्घटनामा नरहा गाउँपालिका–३ खोरियाका मोहम्मद सरिफ राईनका २० वर्षीय छोरा अर्वाज राईन घाइते भएका छन्। उनी घुर्मी बजारस्थित एक मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका छन्।घाइते राईनको टाउको, मुख तथा हातखुट्टामा चोट लागेको बताइएको छ। उनको मिर्चैयास्थित मंगलम हेल्थ केयर सेन्टर प्रा.लि. मा उपचार भइरहेको छ
सिरहा,साउन २२ गते । सिरहा प्रहरीले सिमराबाट ५३ किलो ४६५ ग्राम गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको गस्ती टोलिले विहिवार राती करिव १२ बजे सखुवानन्कारकट्टी गाउँपालिका ४ सिमराबाट ४ वटा प्लास्टिकको बोरामा भरीएको अवस्थामा उक्त लागुअआौषध गाँजा बरामद गरेको हो। प्लाष्टिकको बोरामा कपडाको नाम्लो बनाएर ४ जनाको समूहले बाकेर ल्याईरहेको अवस्थामा प्रहरीलाई देखेपछि उनीहरु बोरा फालेर भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। उनका अनुसार उनीहरु गस्तीमा रहेका प्रहरीलाई देखेपछि बोरा फालेर भागेको हो। प्रहरीले भरियाहरुको खोजि
लहान,साउन २१ गते । सिरहा प्रहरीले छुटाछुटै स्थानबाट कटुवा र पेस्तोल सहित ४ जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशवारीबाट अन्दाजी १८ वर्षिय मोहम्मद अफरोज राईनको घरबाट बुधबार राती कटुवा पेस्तोल बरामद गरेको हो भन्ने लहान नपा २२ सलोखरीबाट सबरजित दासको साथबाट पेस्तोल सहित ३ जनालाई नियन्त्रणमा लिईएको छ ।घरमा लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट गएको प्रहरी टोलिले उक्त कटुवा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। अफरोजलाई भने काठमाडौंबाट पक्राउ गरेको प्रहरीले बताएको छ। काठम
सिरहा,साउन १४ गते । कर्फ्यु आदेशका बाबजुद सिरहाको गोलबजारमा प्रदर्शनकारीहरूले आगजनी तथा तोडफोड गरेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।प्रहरीको गोली लागेर मृत्यु हुनेमा सिरहाको औरही गाउँपालिका–२, तुलसीपुरका करिब २० वर्षीय गणेश यादव रहेका छन्।घाइतेमध्ये धनुषा जिल्लाका २० वर्षीय सुभाष ठाकुर रहेको खुलेको छ। उनलाई थप उपचारका लागि विराटनगर लगिएको छ। अर्का एक घाइतेको पहिचान भने खुल्न सकेको छैन।प्रदर्शनकारीहरूले गोलबजार क्षेत्रमा नाराबाजी गर्दै केही मोटरसाइकलमा आगजनी गर्नुका साथै घरहरूमा तोडफोड र आगजनी गर्न थालेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएक
सिरहा,जेठ १२ गते । बरियारपट्टि छोटी भन्सार पुनःस्थापनाको माग गर्दै सिरहाको जिरोमाईल खण्डमा स्थानीयले चक्काजाम गरेका छन् । चक्काजामका कारण सयौं गाडीहरु अलपत्रमा पर्दा यात्रुहरु सास्तीमा परेको छ । आन्दोलनकारीहरुले सरकार विरुद्ध चर्का नारा लगाएको थियो । भन्सार बन्द हुँदा स्थानीय व्यापार व्यवसाय प्रभावित हुनुका साथै सीमावर्ती क्षेत्रका नागरिकलाई समस्या भएको भन्दै छोटी भन्सारको पुनःस्थापनाको माग गर्दै चक्काजाम गर्नुपरेको संघर्ष समितिका अध्यक्ष विनोद कुमार यादवले उल्लेख गर्नुभयो । मागप्रति सम्बन्धित निकायले गम्भीर नबने आन्दोलनलाई थप सशक्त बनाउँदै लगिने आन्दोलनकारीहरु वताए । आन्दोलनकारीहरुल
सिरहा,बैशाख २६ गते । जिल्ला प्रहरी कार्यालय सिरहाले लागूऔषध जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार धनगढीमाई नगरपालिका वडा नं। २ स्थित क्षेत्रमा मोटरसाइकलमा सवार दुई जनाले लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको टोलीले चेकजाँच गरेको थियो।चेकजाँचका क्रममा लहान नगरपालिका वडा नं. १ निवासी वर्ष ४२ का देवनाथ चौधरी र सिरहा नगरपालिका निवासी अर्का एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट लागूऔषध जस्तो देखिने पदार्थ बरामद
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.